लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त, ७ सदस्यीय मन्त्रिपरिषद् गठन

SHARE:

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त हुनुभएको छ । नेपालको संविधान २०७२ को धारा १६८(२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यका रुपमा केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गर्नुभएको हो ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता केसी लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

नवनियुक्त मुख्यमन्त्री केसीले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख कार्यालयमा बिहीबार साँझ आयोजना गरिएको शपथ ग्रहण कार्यक्रममा संविधानको धारा १७२ अनुरूप प्रदेश प्रमुख अमिक शेरचनबाट मुख्यमन्त्री केसीले शपथ ग्रहण गर्नुभएको हो । शपथ ग्रहणपछि मुख्यमन्त्री केसीले आजैदेखि कार्यभार पनि सम्हाल्नुभएको छ ।

मुख्यमन्त्री केसीले बिहीबार ने ७ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र), नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका ६ जना मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ ग्रहण गर्नुभएको हो ।

मुख्यमन्त्री कुलप्रसाद केसीसहित सात सदस्यीय मन्त्रिपरिषद्मा ग्रामीण तथा शहरी विकासमन्त्रीका रूपमा डिल्ली चौधरी, आर्थिक मामिला तथा योजना मन्त्रीकामा कृष्णध्वज खड्का र भौतिक पूर्वाधार विकास मन्त्रीकामा सहसराम यादवले शपथ लिनुभएको छ । अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेङ्गाले विनाविभागीय मन्त्रीकामा सपथ लिनुभएको छ । विभागीय मन्त्रीले आजैदेखि कार्यभार सम्हाल्ने जनाइएको छ ।

काङ्ग्रेसका चौधरी र माओवादीका कृष्णध्वज खड्का र जनता समाजवादी पार्टीका सहषराम यादव मन्त्री हुनुभएको हो । जनता समाजवादीका तर्फबाट ढेङ्गा र रायमाझीले मन्त्री पद पाउनुभएको हो । स्वतन्त्र सांसद शाहीले पनि मन्त्रीको शपथ लिनुभएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!