घर–घरमा पुगेर कोरोना खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश

SHARE:

काठमाडौं साउन २९ ।

सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने ज्येष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने नागरिकलाई घरमै पुगेर कोरोनाविरुद्धको खोप लगाउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले आज शुक्रवार सरकारका नाममा यो आदेश जारी गरेको हो । अधिवक्ता प्रवेश केसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउँदै ज्येष्ठ नागरिकलाई कोरोना खोप सहज उपलब्ध गराउन माग गरेर रिट निवेदन दर्ता गराएका थिए ।

सर्वोच्चले खोप केन्द्रसम्म जान नसक्ने नागरिक, अस्पतालले पहिचान गरेका दीर्घ रोगी तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्ने नागरिकलाई घरमै पुगेर खोप दिन अन्तरिम आदेश जारी गरेको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!