काठमाडौं साउन २९ ।

सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद डिला संगौला पन्तले बेलायतको लण्डनमा आमरण अनसनरत गोरखा सैनिकबारे वार्ता समिति गठनको पहल गर्न सरकारलाई आग्रह गरेकी छन् ।
उनले कूटनीतिक माध्यमबाट सम्पर्क गरी वार्ता समिति गठन गर्न, वार्ताको मिति र स्थान तोक्ने पहल गर्न सरकारलाई आग्रह गरेकी हुन् । यस्तै, सांसद नारायण प्रसाद मरासिनीले पनि गोरखा सैनिकको समस्या समाधानबारे वेलायत सरकारसँग कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।
यस्तै प्रतिनिधिसभाको बैठक आगामी साउन ३२ गते दिउँसो १ बजे बस्ने गरि स्थगित भएको छ ।






