प्रवासी नेपाली मञ्च युके द्वारा भूपु गोर्खाका मागहरू पुरा गराउन जोड 

SHARE:

लन्डन, प्रवासी नेपाली मञ्च युके ले सत्याग्रह अन्दोलन गर्दै अन्सनमा बसिरहेका भूपु गोर्खा सैनिकका समानपेन्सन लगायतका मागहरू पुरा गराउन जोड दिदै सत्याग्रह आन्दोलनप्रति एक्यबद्धता जनाएको छ । सङ्गठनका अन्तराष्ट्रिय कनिटीका अध्यक्ष समेत रहेका प्रवासी नेपाली मञ्च युके काअध्यक्ष भक्त गुरुङको नेतृत्वमा संगठनका पदाधिकारीहरूको एक प्रतिनिधि मण्डलले बेलायतका प्रधानमन्त्रीको कार्यालय अगाडि टेन डाउन स्ट्रिटमा अनसनमा बसिरहेका सत्याग्रही नेतृत्वकर्ता ज्ञानराज राईलगायतका अन्सनकारीहरूलाई भेटी सत्याग्रह आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेको थियो । उक्त अवसरमासत्याग्रह आन्दोलनका संयोजक कृष्ण राईलाई अध्यक्ष भक्त गुरुङले सङ्गठनको तर्फबाट एक्यबद्धता-पत्रहस्तान्तरण गर्नुहुँदै भूपु गोरखा सैनिकहरूका मागहरू नितान्त जायज छन् बेलायत सरकारले अविलम्ब यीमागहरू पुरा पुरा गरोस भन्ने चाहना बेलायतका आम जनसमाजको रहेको चर्चा गर्नु भयो । अध्यक्ष गुरुङलेसत्याग्रही माथि कुनै पनि किसिमको प्रहरी हस्तक्षेप र बलको प्रयोग सैह्य नहने चर्चा गर्नुहँदै प्रहरीका यस्ता मानव अधिकार विरोधि कार्यप्रति बिरोध जनाउँदछौँ भन्नु भयो ।

अर्का वक्ता संगठनका पूर्व अध्यक्ष दिनेश घिमिरेले यो देशको सुरक्षाका लागि जीवनको बलिदानदिन समर्पित भूपु गोरखाहरूका जायज मागहरू सरकारले विनाहिच्किचावट यथाशिघ्र पुरा गर्नु पर्दछ भन्नुहुँदैसत्याग्रह आन्दोलनको पक्षमा बेलायती जनसमाजको समेत समर्थन रहेका चर्चा गर्नु भयो । यसैगरी महासचिव सुरेशजङ्ग शाहले गोरखा सैनिकहरूका योगदानले यो माटो र मुटूसँग सम्वन्धराखेको चर्चा गर्नु हुँदै भूपु गोरखाहरू प्रति बेलायती सरकारले पक्षपातपूर्ण ब्यबहार गर्नु नहुने आमजनसमाजको धारणा रहेको विचार ब्यक्त गर्नु भयो । यस अघि केन्द्रीय सदस्य नरेन्द्र तामाङगले सत्याग्रह आन्दोलनप्रति आमजनसमाजको चिन्ता रहेकोर सरकारले भूपु गोरखा सैनिकका मागहरू पुरागरी उनीहरूको योगदानको कदर गर्नु पर्ने कुरा प्रकाश पार्नुभयो।

उक्त अवसरमा आन्दोलनका संयोजक कृष्ण राईले भूपु गोरखा सैनिकहरूका समस्या र सत्याग्रहआन्दोलनको उद्धेश्य बारे जानाकारी दिनु भएको थियो । ऐक्यबद्धता प्रतिनिधि टोलीमा सहभागिता राख्नुहुने अन्य केन्द्रीय पदाधिकारीहरूमा उपाध्यक्ष सरस्वती केसी, उपाधयक्ष तुङ्गभद्र भुषाल, कोषाध्यक्ष पुन्य रेग्मी विभागीय प्रमुखहरू जीवन सेन, बालकृष्ण भुषाल, ह्यारिगुरुङ, केन्द्रीय सदस्यहरू प्रकाश कँडेल, प्रेम गुरुङ र क्षेत्रीय सदस्य भिमलाल भट्टराई लगायतकापदाधिकारीहरूको उपस्थिति रहेको थियो । ऐक्यबद्धता कर्यक्रम पश्चात सोही मागलाई सरकारी स्तरबाट कुटनीतिक पहलका लागि अध्यक्ष भक्त गुरुङको नेतृत्वमा गएको प्रवासी नेपाली मञ्च युके को उक्त प्रतिनिधि मण्डल नेपाली राजदूतावासमागई महामहिम राजदूत लोकदर्शन रेग्मीलाई ज्ञापन-पत्र बुझाएको थियो ।

ज्ञापन-पत्र ग्रहण गर्नुहुँदै महामहिम राजदूत लोकदर्शन रेग्मीले यी सबै विषयहरूमा आफ्नोकुटनीतिक पहल भइरहेको र सक्दो प्रयास गर्ने प्रतिवद्धता प्रकट गर्नु भयो। राजदूत रेग्मीले बेलायतमा रहेकानेपाली जनसमाजका समस्याहरूमा जहिले पनि राजदूतावास सहयोगी रहने चर्चा गर्नुहुँदै यहाँको जनसमाज रसंघसंगठनहरूसँगै दूतासले सहकार्य गरेर नेपालको विभिन्न क्षेत्रको विकासका लागि सक्दो सहयोग जुटाउनचाहेको विचार व्यक्त गर्नु भयो । यस अघि अध्यक्ष भक्त गुरुङले ज्ञापनपत्र पढेर हस्तान्तरण गर्नु हुँदै भूपु गोरखा सैनिककाअसमान पेन्सन लगायतका मागहरू पुरा गराउन र कोभिड नाइन्टिन् भ्याक्सीन् नेपाललाई उपलब्ध गराउनबेलायत सरकारसँग कुटनीतिक पहल गरिदिन जनसमाजको माग रहेको चर्चा गर्नुहुँदै भूपु गोरखा भित्र जटिलसमस्याकोरूपमा रहेको नेपाली नागरिकताको निरन्तरताको लागि पनि नेपाल सरकारसँग पहल गरिदिन मागगर्नु भयो ।

उक्त अवसरमा पूर्व अध्यक्ष दिनेश घिमिरे र महासचिव सुरेशजङ्ग शाह लगायतकापदाधिकारीहरूले मन्तव्य राख्नु भएको थियो । ज्ञापनपत्र हस्तान्तरण कार्यक्रम पश्चात समृद्ध नेपाल, सुखी नेपालीका लागि बेलायतबाट पुर्याउनसकिने सहयोग र सम्भावना वारे अन्तरक्रिया गरिएको थियो। अन्तरक्रियामा नेपालको विकासका लागिविभिन्न सम्भावनाहरूको चर्चा गरिएको थियो र अन्तमा हाललाई नेपालमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोगजुटाउन प्रवासी नेपाली एकता मञ्च युके र राजदूतावासको सहकार्य अगाडि बढाउने निर्णय गरिएको थियो ।

यस अघि प्रवासी नेपाली मञ्च युके द्वारा महामहिम राजदूको स्वागत सम्मानमा एक भर्चवलकार्यक्रम गरी भर्चुवलरूपमा सम्मान अर्पण गरिएको स्वागत अभिनन्दन-पत्र यसै अवसरमा उपाध्यक्ष सरस्वतीकेसीले पढेर सुनाउनु भएको थियो भने अध्यक्ष भक्त गरुङले महामहिम राजदूत लोकदर्शन रेग्मी र उपनियोगप्रमुख रोशन खनाललाई खाता लगाई अभिनन्दन-पत्रद्वारा सम्मान अर्पण गर्नु भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!