बेलायतमा अनसनरत गोरखाहरुप्रति ऐक्यवद्धता जनाउन नेपालमा पनि गोरखाहरु अनसन बस्दै

SHARE:

लण्डन साउन ३० ।

गोरखाहरुको समस्या समाधानका लागि नेपाल तथा बेलायत सरकारबीच तत्काल वार्ताको माग राखी बेलायतमा अनसनरत गोरखा सैनिकहरुप्रति ऐक्यवद्धता जनाउन नेपालमा पनि अनसन शुरु हुने भएको छ ।

नेपालमा बसोबासरत गोरखा सैनिकहरु, सिंगापुर प्रहरी र नागरिक समाजको सहभागितामा आइतबारदेखि रिले अनसन शुरु हुने बताइएको छ । गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति नेपालको आयोजनामा हुने सो अनसन वरिष्ठ अधिवक्ता प्राध्यापक युवराज संग्रौलाले शुरु गर्ने बताइएको छ । उनी गोरखाहरुको समस्याका बारेमा जानकार व्यक्ति हुन् ।

यसअघि गोरखा भूतपूर्व सैनिक संघ गेसोका कानुनी सल्लाहकार रहिसकेका संग्रौला नेपाल सरकारका पूर्व कानुनी सल्लाहकार महान्यायाधिवक्ता पनि हुन् । सो अनसनमा भाग लिन दिन र रातका लागि आठरआठ जनाको समूह बनाइएको छ । जसमा पूर्व गोरखाका साथै उनका परिवार पनि छन् । हालसम्म तीन दर्जनले सो अनसनमा भाग लिनका लागि नाम लेखाइसकेका छन् भने अनसन बस्न नाम लेखाउने स्वयंसेवी गोरखा र उनीहरुको परिवारको नाम थपिँदो छ ।

बेलायतमा गोरखाहरुले रिले अनसनपश्चात आमरण अनसन बसिरहेका छन् । ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राना घले एक सातादेखि बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिट अघि आमरण अनसनरत छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!