भूतपूर्व गोर्खा सैनिकको समान पेन्सनका लागि पहल गर्न एमालेको माग

SHARE:

काठमाडौं साउन ३१ ।

नेकपा एमालेले बेलायती सेनाबाट अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकले बेलायती सहकर्मीसरह पेन्सनलगायत समान सुविधा पाउनुपर्ने माग राखेर लामो समयदेखि गर्दै आएको आन्दोलनप्रति गम्भीर भई समस्या समाधानका लागि बेलायत सरकारसँग अविलम्ब कूटनीतिक पहल गर्न माग गरेको छ ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीद्वारा आज आइतबार जारी विज्ञप्तिमा बेलायती सेनामा कार्यरत रहेर वीरता, दुःख कष्ट र बलिदानको कीर्तिमान बनाएका भूपू गोर्खा सैनिकले उठाएको समानताको आवाज स्वाभाविक, जायज र मानवीय भएकाले पूर्ववर्ती सरकारले भूपू गोर्खा सैनिकका सरोकारलाई संवोधन गर्न बेलायती सरकारलाई बारम्बार आग्रह गरेको स्मरण गराइएको छ ।

समानताको सिद्धान्तलाई आधार मानेर तथा नेपाल र बेलायतबीचको २०० वर्षभन्दा पुरानो ऐतिहासिक सम्बन्धलाई ध्यानमा राखेर यस समस्याको समाधान गर्न बेलायत सरकारसँग अविलम्ब कूटनीतिक पहलका एमालेले सरकारको ध्यानाकर्षण गराएको हो ।

१७ दिनको रिले अनसनपछि गत शनिबारदेखि गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियन्ता पुष्प राना घले आमरण अनसनमा छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!