आमरण अनसनलाई बेलायतमा स्थापित बिभिन्न संघ-संस्थाहरुको एक्यबद्धता

SHARE:

लन्डन । लन्डनस्थित प्रधानमन्त्रीको कार्यालयअगाडि भूतपूर्व ब्रिटिस गोरखा सैनिकहरूले बृहत प्रदर्शन गरेका छन् । १३ बुँदे मागअनुसार आफूहरूले न्याया नपाएसम्म आन्दोलन नछाड्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । सो कार्यक्रममा बेलायतमा स्थापित बिभिन्न संघ संघ संस्थाहरुले एक्यबद्धता जनाएका छन। बेलायतमा भुतपुर्बक गोर्खा सैनिकहरुको एक स्थापित संस्था ब्रिटिश गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर टिकेन्द्र दल देवान जे पी को नेतृत्वमा बिजिडव्लूएसको टोलीले लन्डन स्थित ब्रिटिश प्रधानमन्त्री कार्यालय अगाडी आमरण अनसन बसिरहेका ज्ञानराज राई, पुष्पा राना घले र धन बहादुर गुरुङलाई भेटघाट गरेको छ।

आइतबार हजार बढीको संख्यामा यूकेको विभिन्न ठाउँबाट भेला भएर १० डाउनिङ स्ट्रिटमा चर्को नाराबाजी गर्दै केहीबेर यातायतको आवातजावात नै ठप्प हुने गरी प्रर्दशन भएको गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्ण बहादुर राईले बताए । शनिबारभन्दा अधिक संख्यामा उपस्थित प्रर्दशनकारीहरूले बेलायती समकक्षीसरह समान पेन्सन, तलब भत्ता र अन्य सुविधा माग लेखिएको ब्यानर र प्लेकार्ड समेत बोकेका थिए ।

गत अगष्ट ७ तारिखबाट सत्याग्रहका अभियन्ताहरू ज्ञानराज राई, धन गुरूङ र पुष्पा राना घले आमरण अनसनमा छन् । नेपाली नागरिक निरन्तरता अभियानका संयोजक सन्तोष थलङले निर्णायक घडीमा सहभागी भएर न्याय र समानताको आन्दोलनमा साथ दिन सबैलाई आग्रह गरे । उनले ज्यानको बाजी राखेर भएपनि आन्दोलनलाई टुङ्गोमा पु¥याएरै छाड्ने बताए । जारी आन्दोलनमा ब्रिटिस भेट्रान एसोसिएसन, सिख समुदाय, लेबर पार्टीका सांसदहरू, बेलायतमा क्रियाशील विभिन्न सामाजिक संघसंस्था, राजनीतिक दलहरूले ऐक्यबद्धता जनाइसकेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन भने केही समयका लागि कार्यालयको कामबाट बिदामा बसेको र आवश्यक पहलकदमी हुन नसकेको भन्दै सत्याग्रह अभियन्ताहरूले रोष प्रकट गरेका छन् । यसैगरी, नेपालमा पनि वरिष्ठ सल्लाहकार एवम् कानूनविद् डा. युवराज सङ्ग्रौला, पूर्व ब्रिटिस एवम् सिङ्गापुर प्रहरीका सैनिकहरू पनि अनसनमा बस्ने तयारी गरिरहका छन् ।

भुपू ब्रिटिश गोर्खाहरुलाई समान अधिकारको माग गरेको तीन दशक भैसक्दा पनि दुवै देशका सरकारले आलटाल गरेको र कहिले पनि सरकार बीच वार्ताको माहोल नबनेकाले गोर्खाहरु अन्तिम लडाईका लागि बाध्य भएर भोक हाडतालमा बसेको स्थिति छ। सत्र दिन रिले अनसन बसेर नौ दिन भोक हाडतालमा बसिसकेका तीनै जनाको शारिरिक स्थिति अति कम्जोरी भैसकेको देखियो। पत्रकारहरुसँग छोटो कुराकानीमा अध्यक्ष देवानले माग पुराको कामाना गर्दै बेष्ट विसेस् भन्न आएका हौं। हामी सबैको अबजेटिभ एउटै हो। हामीले पनि वार्ताका लागि राजनितिक दबाब दिईरहेकाछौं। दुई दिन अगाडि बीबीसी रेडियो लन्डनमा बोल्द भेट्रेन मिनिष्टरले जवाफ नपठाएको कुरा जानकारी गराएको थिए। मिडियिले पनि सरकार पक्षको जवाफ खोजीरहेकोछ। संस्थाको तर्फबाट महासचीव क्षत्र राई, प्रेम बुरा, राष्ट्र राई, पदम राई, ओम थापा, टोप पाली, ज्ञानकाजी गुरुङ मेजर दिल कुमार राई हरि गुरुङ ओमेन्द्र गुरुङ, नगेन्द्रराज नेम्बाङ र अन्य सदस्यहरुको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!