अनशन फिर्ता लिन ब्रिटिस गोर्खा सैनिक सम्बद्ध सबैलाई नेपाल सरकारको आह्वान

SHARE:

काठमाडौं । नेपाल सरकारले अनशन फिर्ता लिन ब्रिटिस गोर्खा सैनिक सम्बद्ध सबैलाई आह्वान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सरकारले सोसम्बन्धी कूटनीतिक प्रक्रियासमेत अगाडि बढाइसकेका सन्दर्भमा आमरण अनशनलगायतका विरोध कार्यक्रम फिर्ता लिनका लागि भूतपूर्व ब्रिटिस गोर्खा सैनिक सम्बद्ध सबैलाई आह्वान गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका सम्बोधन हुन बाँकी रहेका समस्या समाधान गर्न माग गर्दै बेलायतको लन्डनमा जारी आमरण अनशनप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको प्रवक्ता कार्कीले बताए । ‘यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको छ’, बैठकपछि मन्त्रिपरिषद्को निर्णयबारे उहाँले भन्नुभयो ।

यस्तै नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । अफगानिस्तानमा रहेका नेपालीको सकुशल उद्धारका लागि समन्वयात्मकरुपमा काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!