काठमाडौं भदौ १ । प्रदेश २ को प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त हुनुभएको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले गरेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रदेश २ का प्रमुख राजेश झालाई पदमुक्त गरेर मिश्रलाई नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रदेश २ को प्रमुखमा मिश्रलाई नियुक्त गरिएको जानकारी दिएको छ । ‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/४/३२ गतेको बैठकको निर्णय एवम् प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम हरिशंकर मिश्र, महोत्तरीलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयमा प्रवक्ता जगन्नाथ पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।






