ब्रिटिस गोर्खामा नयाँ भर्ती प्रक्रिया शुरु

SHARE:

लण्डन भदौ १ ।

 

बेलायती सैनिक मुख्यालयले ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिस ‘इन्टेक–२०२२’ का लागि ८ हजार नेपाली युवालाई क्षेत्रीय छनोटका लागि आमन्त्रण गरेको छ ।

ब्रिटिस आर्मी मुख्यालयले यही अगस्ट २९ देखि क्षेत्रीय छनोटका निम्ति पोखरा बोलाएको हो । कोभिड–१९ महामारीका कारण गत वर्षदेखि क्षेत्रीय र अन्तिम दुवै छनोट पोखरामा हुन लागेको हो । क्षेत्रीय छनोटमा ७४ जिल्लाका युवा सहभागी हुनेछन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाबाट भर्ती नलिने बेलायतको नीति छ ।

यसपटक क्षेत्रीय छनोटमा ब्रिटिसतर्फ ५ हजार ७ सय ८७ जना र सिंगापुरतर्फ २ हजार ४ सय १९ जनाको नामावली प्रकाशित गरिएको छ  । कोरोना महामारीका कारण छनोटमा समस्या देखिएपछि यो पटक १९ देखि २१ वर्ष उमेर समुहकालाई मात्र अनलाइनबाट फाराम भराइएको थियो ।

भर्ती हुन चाहने प्रतिस्पर्धी युवाको चाप बढे पनि मुख्यालयले ब्रिटिस गोर्खाको कोटा भने घटाएको छ । गत वर्ष ब्रिटिस सेनाका लागि ३ सय ४० र सिंगापुर पुलिसका लागि १ सय ३४ छानिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!