रसुवा भदौ ३ ।

रसुवाको नौकुण्ड गाउँपालिका ५ को कोलडाँडामा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ ।
पहिरोले घर पुरिँदा ३२ वर्षीया कमला तामाङ, उहाँकी आठ वर्षीया छोरी सुकुमाया, ११ वर्षीया छोरी सोकिता र सात वर्षीय आशिषको शव भेटिएको रसुवाका प्रहरी नायब उपरीक्षक डीएसपी देवेन्द्र पाण्डेले जानकारी दिए ।
बिहीवार बिहान कमलाको शव भेटिएको थियो । त्यसपछि पहिरो पन्छाउने क्रममा छोरी सुकुमाया, सोकिता र आशिषको शव भेटिएको प्रहरीले जनाएको हो । पहिरोमा परेर घाइते भएका कमलाका श्रीमान् बुद्धि तामाङलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।






