
प्रेस विज्ञप्ति
आफ्ना मागहरु सम्बोधनका लागि गोर्खा सत्याग्रह समितिका तर्फबाट श्री ज्ञानराज राई, श्री पुष्पा राना घले तथा श्री धनबहादुर गुरुङ्गले 7 अगष्ट २०२१ देखि लण्डनमा बेलायती प्रधानमन्त्री कार्यालय अगाडि शुरु गरेको आमरण अनशन आज अन्त्य भएको छ। बेलायतका रक्षा राज्य मन्त्री Rt. Hon. Leo Docherty MP तथा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम लोकदर्शन रेग्मीले अनशनस्थलमा पुगी अनशनकारीहरुलाई जुस पिलाएर अनशन तोडिएको थियो।


भूपू गोर्खाहरुको मागका विषयमा संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्रीले महामहिम राजदूतलाई सम्बोधन गरी भूपू गोर्खाका प्रतिनिधिहरुसहित नेपाल र संयुक्त अधिराज्यबीच द्विपक्षीय वार्ता समिति गठन गरी संयुक्त प्राविधिक समितिको प्रतिवेदनसमेतलाई आधार गरेर डिसेम्बर २०२१ भित्र वार्ता समितिको वैठक शुरु गर्न रक्षा मन्त्रालय सहमत भएको पत्र प्राप्त भएपछि अनशन अन्त्य भएको हो।
नेपाली राजदूतावास
लण्डन
19 अगष्ट 2021






