एनसेलमाथि कारबाही, १ अर्ब ११ करोड रूपैयाँ ग्राहकलाई फिर्ता गर्न निर्देशन

SHARE:

काठमाडौं भदौ ४ ।

मोबाइल सेवा प्रदायक निजी कम्पनी एनसेलले भ्रम पैदा गरी गैर कानूनी रूपमा ग्राहक ठगी गरेको भन्दै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गरेको छ ।

एनसेलले प्राधिकरणको निर्देशन र ऐन विपरित सेवा संचालन गरी ग्राहकसँग एक अर्ब ११ करोड रूपैयाँ ठगी गरेको भन्दै कारबाही सहित उक्त रकम क्षतिपूर्ति भराउन निर्देशन दिएको छ। यसका साथै एनसेलले गैरकानूनी काम गरेको भन्दै ५० हजार जरिवाना समेत गरेको छ । एनसेल आजियटा नेपालले दूरसंचार ऐन २०५३ को दफा ४७ विपरित गैरकानूनी कार्य गरेको भन्दै प्राधिकरणले कारबाही गरेको छ। साथै उक्त रकम जुन ग्राहकसँग ठगी गरेको हो सोही ग्राहकलाई क्षतिपूर्ति स्वरूप सम्बन्धित ग्राहककै मोबाइल नम्बर उक्त रकम तीन महिनाभित्र फिर्ता गर्न निर्देशन दिएको छ।

साथै त्यसरी रकम फिर्ता लिन आउन ग्राहकलाई उपयुक्त संचार माध्यमहरूबाट जानकारी गराउन समेत उक्त निर्देशनमा भनेको छ। एनसेलले त्यस्ता सेवा संचालन गरी २०७७ जेठदेखि हालसम्म के कति रकम आर्जन गरेको छ। सोको विवरणसमेत १५ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ। त्यसरी ग्राहकको रकम फिर्ता गर्दा ग्राहकको सेवा बन्द भएमा वा अन्य कुनै कारण ग्राहक पहिचान हुन नसकेको अवस्थामा फिर्ता हुन नसकेको रकम छुट्टै कोष खडा गरी उक्त कोषमा रकम जम्मा गरेर जानकारी गराउन समेत प्राधिकरणले निर्देशन दिएको छ।

एनसेलले प्राधिकरणको निर्देशन विपरित गेमलफ्ट, हुवाए एप ग्यालरीलगायत अटो नवीकरण हुने सेवाहरू संचालन गरी ग्राहक ठगी गरेको भन्दै त्यस्ता सेवाहरू सात दिनभित्र बन्द गर्न निर्देशन दिएको छ। साथै सेवा बन्द गर्नुअघि कुनै ग्राहकले त्यस्ता सेवा खरिद गरेका छन् भने सबै ग्राहकहरूलाई उक्त रकम उनीहरूकै खातामा फिर्ता गरिदिन समेत प्राधिकरणले निर्देशन दिएको छ।

यसैगरी विभिन्न ‘भाइस’ सेवा संचालन तथा भ्वाइस, डाटा र योजना संचालन गर्दा भिन्न भिन्न शब्दावली प्रयोग नगरी सामान्य उपभोक्ताले पनि बुझ्ने शब्द प्रयोग गर्न र ग्राहकले चाहेको समयमा सजिलै सेवा बन्द गर्न सक्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ। साथै ग्राहकले कुन कुन भ्यालु एड सेवाहरू खरिद गरेका छन् र सोको दररेट कति लागिरहेको छ सो विषयमा सजिलै हेर्न मिल्ने गरी एनसेल मोबाइल एपमा उपलब्ध गराउनु पर्ने समेत निर्देशनमा उल्लेख छ। प्राधिकरणको साउन ३२ गते बसेको बोर्ड बैठकले यस्तो निर्देशन दिएको हो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!