बेलायती रक्षामन्त्रीले भने : ३१ अगस्टभित्र काबुलबाट सबै सेना फर्किन असम्भव छ

SHARE:

लण्डन भदौ ८ ।

बेलायती रक्षामन्त्री बेन वालेसले ३१ अगस्टको समयसीमाभित्र सबै सेना र उनीहरुसँग फर्किन चाहने मानिस काबुलबाट फर्किन असम्भव भएको बताएको छन् ।

विश्वका धनी राष्ट्रहरुको समूह जी–७ का नेताको अफगानिस्तान संकटबारे भर्चुअल बैठक चलिरहेका बेला रक्षामन्त्रीको सो धारणा आएको हो । तालिवानले निर्धारित समयभित्र आफ्ना सेना फिर्ता नगरे आक्रमण गर्ने चेतावनी दिइसकेको छ । अहिलेसम्म अफगानिस्तानबाट बिभिन्न देशका सेना र उनीहरुसँग काम गर्ने अफगानीसहित ४८ हजारले देश छाडिसकेका छन् । अझै हजारौ मानिस काबुल छोड्न विमानस्थलमा भेला भएका छन् ।

तालिवानको अत्याचारबाट बच्न विदेशी सेनासँगै जान चाहने अफगानीको भीडका कारण हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त बनेको छ । विमानस्थल पुग्ने विभिन्न नाकामा तालिवानले अवरोध गर्दा झडप भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!