एमाले महाधिवेशन मंसिरमा, विधान अधिवेशन असोजमा

SHARE:

काठमाडौं । नेकपा एमालेले आउँदो मंसिरमा पार्टीको १०औँ महाधिवेशन गर्ने भएको छ । मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले आउँदो १० गतेदेखि १२ मंसिरमा १०औँ महाधिवेशन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनु भएको छ ।

यसअघि पार्टीले २०७९ वैशाख मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो । उहाँकाअनुसार ४, ५ र ६ असोजमा विधान अधिवेशन गर्ने निर्णय भएको छ । विधान अधिवेशनको तयारीका लागि यही भदौ १० गते केन्द्रीय कमिटी बैठक वोलाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

यस्तै भदौमा जिल्ला कार्यकता भेला गर्ने निर्ण गरेको सो बैठकले गत २७ असारमा भएको १० बुँदे सम्झौता कार्यान्वयनमा बाधा फुकाउन भीम रावल, ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, लेखराज भट्ट सहभागी कार्यदल गठन गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको उक्त बैठकले पार्टीका सबै कमिटीलाई २ जेठ २०७५ मा फर्काउने निर्णय गरेको छ । बैठकले पार्टीका केन्द्रीय, जिल्ला, स्थानीय तहका सबै पार्टी कमिटीलाई २ जेठ २०७५ मा फर्काउने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै बैठकले पार्टी सदस्यता नविनकरण गर्ने असोज मसान्तसम्म गर्ने निर्णय गरेको छ । बैठक भोली पनि बस्ने भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!