लन्डनमा बसोबास गर्ने नेपाली ज्येष्ठ नागरिकले नियमित जमघटको अवसर पाउने

SHARE:

लण्डन भदौ ९ ।

साउथ इष्ट लन्डनमा बसोबास गर्ने नेपाली ज्येष्ठ नागरिकहरुले अबदेखि नियमित जमघटको अवसर पाउने भएका छन् ।

ग्रीनवीच नेप्लिज् कोअर्डिनेटिङ टीम जीएनसिटीको पहलमा सेप्टेम्बर पहिलो सातादेखि हरेक आइतबार वुल्लिच सेन्ट्रल लाइब्रेरीको हलमा सोसल सेसन संचालन हुने भएको छ । जीएनसिटीका हाउजिङ प्रोजेक्ट लिड देवेन्द्र श्रेष्ठका अनुसार ग्रीनवीच काउन्सिलले हरेक साताको लागि वुल्लिच लाइब्रेरीको हल उपलब्ध गराएको छ ।

श्रेष्ठका अनुसार आगामी सेप्टेम्बर ५ का दिन सोसल सेसनको शुभारम्भ गरिनेछ । मध्यान्ह १२ देखि दिउँसो ३ बसेसम्मको उक्त कार्यक्रममा ज्येष्ठ नागरिकहरुले गफगाफ र चियाकफीदेखि नेपाली युटुब भिडियो हेर्ने र उनीहरुले जान, बुझ्न खोजेका कुराहरु सिक्ने अवसर पाउनेछन् ।

बेलायतमा बसोबास गर्ने क्रममा जान्नैपर्ने आधारभूत विषयहरुमा पनि उनीहरुलाई जानकारी, सल्लाह र परामर्श दिइनेछ । कार्यक्रममा सहभागिताका लागि साउथ इष्ट लन्डनवासी नेपाली ज्येष्ठ नागरिकहरुलाई जिएनसिटीले आव्हान गरेको छ ।

यसअघि ग्रीनवीच बरोमा बस्ने नेपाली समुदाय र स्थानीय काउन्सिलबीच समन्वय गर्ने लक्ष्यसहित हालै ग्रीनवीच नेप्लिज् कोअर्डिनेटिङ टीम जीएनसिटी गठन गरिएको थियो । लछुमन गुरुङको नेतृत्वमा रहेको जीएनसिटीले विभिन्न विषयगत विभागहरु गठन गरी आफ्नो काम अघि बढाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!