जनगायक जेबी टुहुरेको निधन

SHARE:

काठमाडौं । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ ।

भदौ १ गते दिउँसो अचानक ‘स्ट्रोक’ भएपछि गम्भीर बिरामी टुहुरेको बल्खुस्थित बयोदा अस्पतालमा उपचारका क्रममा बिहीबार मध्यान्ह निधन भएको नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी गराउनुभयो ।

​काठमाडौंको कलंकीस्थित निवासमा बस्दै आउनुभएका ७६ वर्षीय टुहुरे वि.सं. २०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभएको थियो । उहाँले १ सय ५० भन्दा बढी गीत रेकर्ड गराउनुभयो । ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ बोलको गीत उहाँले २०३४ सालदेखि गाउँदै आएको सबैभन्दा चर्चित गीत हो ।

उहाँको अर्को चर्चित गीत ‘बसाइँ हिँड्नको ताँतीले बस्नेको मन रुँद छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ पनि हो । सुनसरीको धरान घर भएका टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । उहाँ दोस्रो संविधानसभामा तत्कालीन एकीकृत नेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बन्नुभएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!