बेलायतद्वारा नेपाललाई एक लाख ३० हजार डोज खोप सहयोग

SHARE:

काठमाडौं भदौ १० ।

बेलायतले नेपाल सरकारलाई उपलब्ध गराएको कोरोना विरुद्धको खोप नेपाल पुगेको छ ।

बेलायत सरकारले द्विपक्षीय सहायता अन्तर्गत उपलब्ध गराइने भनिएको एक लाख ३० हजार मात्रा एस्ट्राजेनेकाद्वारा उत्पादित कोरोनाविरुद्धको खोप बिहीबार काठमाडौं पुगेको नेपाली दूतावास लन्डनले जानकारी दिएको छ । बेलायत सरकारले गरेको सहयोगको लागि दूतावासले आभार प्रकट गरेको छ ।

खोप त्रिभुवन अन्तरराष्ट्रिय् विमानस्थलमा उत्रिएलगत्तै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाल सरकारलाई हस्तान्तरण गरेकी छन् । खोप हस्तान्तरणपछि राजदूत पोलिटले बेलायतले आफ्नो पुरानो मित्रराष्ट्र नेपाललाई कोभिडविरुद्धको खोप सहयोग प्रदान गर्न पाउनु खुशीको कुरा रहेको बताइन् ।

‘कोभिशिल्ड’ कार्यक्रमअन्तर्गत बेलायत सरकारले गरेको सहयोगअन्तगर्त यो खोप नेपाल पुगेको उनले स्पष्ट पारिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४० लाख १३ हजार ८८० जना ९१३ प्रतिशत० ले खोपको पूरा मात्रा लगाएका छन् ।

खोपको पहिलो मात्रा लगाउनेको संख्या १८ प्रतिशत तथा दोस्रो मात्रा लगाउनेको संख्या ३० प्रतिशत छ । यसैगरी सरकारले कोरोनाविरुद्धका पाँच करोड ३० लाख मात्रा खोपको सुनिश्चितता गरिसकेको पनि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।

हाल नेपालमा दैनिक तीन लाख मानिसहरुले खोप लगाउने गरेकोमा यो संख्या बढाएर पाँच लाख पुर्‍याउने सरकारको लक्ष्य छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!