साउथ इष्ट लन्डनमा गुम्बा स्थापना

SHARE:

लण्डन भदौ १३ ।

साउथ इष्ट लन्डनमा गुम्बा स्थापना भएको छ ।

डायमण्ड बुद्धिष्ट सेन्टर यूकेले करिब ६ वर्षको अथक प्रयासपछि बौद्ध अनुयायीहरु उल्लेख्य रहेको उलवीचमा आफ्नै गुम्बा स्थापना गर्न सफल भएको हो । गुम्बाको क्षेत्रफल १६६८ स्क्वायर फिट छ । गुम्बा भवन २ लाख ८३ हजार ५ सय पाउण्डमा खरिद गरिएको छ । संस्थामा एक लाख २१ हजार पाउण्ड मात्र रहेकामा कार्यसमितिले झण्डै तीन लाख संकलन गर्न सफल भएको थियो । बुद्ध अनुयायीहरुको निब्र्याजी ऋण ८२ हजार पाउण्ड 
रहेको संस्थाले जनाएको छ ।

गत २७ तारिख शुक्रबार बिहान ९ बजे मूल गुरु थुक्तेन खेम्पो शिर लम गुरुङले पोखरा बौद्ध अर्घौं सदन रामघाटबाट जुममार्फत पवित्र आष्ठ मंगल वाचन तथा आशीर्वाद प्रदान गरेपछि संस्थाका अध्यक्ष सुमल कुमार गुरुङले गुम्बाको मुलद्धारको चाबी खोलेका थिए भने पांच कन्याहरु उपस्थित थिए । सन् २०१६ सालमा २१ जना बौद्ध अनुयायीहरुको संलग्नतामा डायमण्ड बुद्धिष्ट सेन्टर यूके गठन गरिएको थियो । ‘६ वर्ष सम्मको निरन्तर कठिन परिश्रम, त्याग, तपस्या, सबैको विशुद्ध सहयोग, भगवान बुद्धको कृपा र पूज्यनीय गुरुको आशीर्वादले गर्दा आज हाम्रो सुन्दर सपना पूरा भएको छ’, सेन्टरका महासचिव योगेश गुरुङले बताए । उनले गुम्बा साउथ इष्ट लन्डन इलाकामा बरदानका रुपमा उदाएको बताए ।

गुम्बाका लागि बेलायतस्थित बौद्ध 
संघसंस्थाहरु, सामाजिक संघ सस्था, हङकङ, नेपालसहित अन्य देशका नेपाली बौद्धमार्गीले आर्थिक सहयोग गरेका थिए । डायमण्ड बुद्धिष्ट सेन्टर यूकेका अध्यक्ष सुमलकुमार गुरुङले समस्त दाताप्रति आभार व्यक्त गरेका छन् । डायमण्ड बुद्धिष्ट सेन्टर यूकेका आजीवन सदस्य ४५१ जना र ट्रष्टी १४१ जना छन् । सेन्टरले बांकी ऋण तिर्न, गुम्बा मर्मत, लामा गुरुका लागि एउटा कोठा निर्माण, गुम्बा भित्र राख्नु पर्ने आवश्यक सामग्री व्यवस्थापन मुख्य चुनौति बांकी नै रहेको बताएको छ । गुम्बाभित्र राख्ने तीनवटा महत्वपूर्ण मूर्तिका लागि दाताहरुले घोषणा गरिसकेको बताइएको छ ।

गुम्बा निर्माण कार्य सफल बनाउन घर दैलो कार्यक्रम गरिएको थियो भने संयोजक उपाध्यक्ष मिना गुरुङ, सहसंयोजक चन्द्र देवी गुरुङ तथा एरिया प्रतिनिधि आमाहरुको ठूलो भूमिका छ । गुम्बा स्थापनाको अवसरमा ५ कन्याहरु सुश्री तिसा प्रजापति, सृसा प्रजापति, कृशा गुरुङ, परि गुरुङ र टृजा गौचनलाई अध्यक्षले दक्षिणा र आमा समूह प्रमुखले खादा ओडाई आशीर्वाद दिएका थिए ।

सो अवसरमा संस्थाका आमा प्रमुख उपाध्यक्ष श्रीमती मिना गुरुङले स्वागत मन्तब्य राखेकी थिइन् भने उपस्थित अतिथिले बधाई तथा शुभकामना दिए । संस्थाका अध्यक्ष सुमल कुमार गुरुङले हर्षविभोर भइ उपस्थित सम्पूर्ण अतिथि र संस्थाका प्रतिनिधि एवं सम्पूर्ण चन्दादाताप्रति आभार ब्यक्त गरे । उक्त कार्यक्रम संस्थाका महासचिव योगेश गुरुङ र सचिव हेम छन्त्यालले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!