जयराम तामाङ सुइण्डन
लण्डन भदौ १५ ।

बेलायतको सुइण्डन स्थित फ़ारिङ्ग्डन पार्कमा यहि आउदो सेप्टेम्बर ४ तारिख शनिबारका दिन नेपाली मेला हुने भएको छ ।
विभिन्न किसिमको संकृति झल्कने परम्परागत झाकीहरु अनि नृत्यको साथमा हुन गैरहेको मेलामा प्रवेश निशुल्क गरिएको नेपाली वेल्स्यार असोसिएसनका अध्यक्ष ज्ञान प्रसाद गुरुङले जानकारी दिएका छन् । गत वर्ष कोरोना महामारीका कारण हुन नसकेको नेपाली मेला यसपटक भने सरकारको नियमहरु पालन गर्दै हुने आयोजकले जानकारी दिएको छ ।
विभिन्न नेपाली जातजातिहरुको बाक्लो बसोबास रहेको सुइण्डन लगायत बेलायतका सम्पूर्ण नेपालीहरुलाइ आइ मेलालाइ सफल बनाउन एसोसियसनका अध्यक्ष गुरुङले अनुरोध गरेका छन् । नेपालीहरुको आफ्नो पहिचान , भाषा , सस्कृतिलाई जोगाइ राख्ने र यहि बेलायतमा जन्मिएका नेपाली मुलका साना बालबालिकाहरुले पनि केहि कुराहरु सिकोस भन्ने मूल उद्देश्यको रुपमा गर्न गैरहेको मेलाले नेपालमा पर्यटनको आकर्षण पनि बढ्ने आशा राखिएको छ ।
मेलामा नेपाली खानाहरु , नेपाली भेषभुषाको स्टलहरु पनि हुने कुरा अध्यक्ष गुरुङ ले जानकारी दिए । यस अघि यहि अगस्त २९ तारिख तमुधि युकेले पनि भब्यरुपमा १२औ नेपाली मेला लण्डनमा सम्पन्न गरेको छ ।






