बाबाको वार्षिकीमा तमुधिं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङको २ लाख दान

SHARE:

पोखरा १६ भदौ । स्वर्गीय बाबा छेसराज गुरुङको वार्षिक स्मृति पूजामा तमुधिं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ, तमुधिं यूके आमा समूहकी पूर्वअध्यक्ष प्रेमकुमारी गुरुङ एवं परिवारले पोखराको दुई संस्थालाई २ लाख रुपैयाँ दान गरेको छ ।

पर्वत जिल्ला, फलेवास नगरपालिका ८, खाल्टे चारभञ्ज्याङ गाउँ भई पोखरा महानगरपालिका ९, प्रदर्शनी मार्ग निवासी, समाजसेवी बाबा छेसराजको निधनको वर्ष दिनको पूजाको अवसरमा बुधबार रामघाटस्थित बौद्ध अर्घौं सदनमा आयोजित कार्यक्रममा घरपरिवारको तर्फबाट नरप्रसाद गुरुङ, ज्वाइँ रसबहादुर गुरुङ, चारभञ्ज्याङ तमु समाज अध्यक्ष प्रदीप गुरुङले तमु धिं नेपालमा निर्माणाधीन सामुदायिक भवनका लागि १ लाख र पोखरा १० रामघाटस्थित बौद्ध अर्घौं सदनमा निर्माणाधीन गुम्बाका लागि १ लाख रुपैयाँ सहयोग गरेका हुन् । सहयोग रकम तमुधिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, बौद्ध अर्घौं सदनका उपाध्यक्ष क्या. चन्द्रप्रसाद गुरुङले ग्रहण गरेका थिए

तमुधिं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङले बाबाको पूण्यतिथिमा तमु समुदायका पुरानो सामाजिक संस्थाले तमुधिं नेपालमा सामुदायिक भवन निर्माण भइरहेको र बौद्ध अर्घौं सदनमा बहुउद्देश्यीय भवन निर्माण जारी भएकोले आफ्नो परिवारको तर्फबाट पुण्यकार्यमा दान सहयोग गरेको बताए ।

सहयोग रकम ग्रहण गर्दै बौद्ध अर्घौं सदनका उपाध्यक्ष क्या. चन्द्रप्रसाद गुरुङले स्व.छेसराज गुरुङप्रति श्रद्धा अर्पण गर्दै सहयोगदाताहरुलाई सँधै पुण्य प्राप्त हुने भन्दै सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

वार्षिक स्मृति पूजा र पुण्यदान सहयोगको महत्वको बारेमा बौद्ध अर्घौं सदनका प्रमुख लामा खेन रिन्पोछे शिर लामा गुरुङले चर्चा गर्दै दानदाता परिवारलाई आशीर्वचन र दुवै संस्थाका निर्माणाधीन भवन र गुम्बा छिट्टै सम्पन्न हुने अपेक्षा गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!