प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलासबाट सुनुवाइ नगर्न सर्वोच्चको अन्तरिम आदेश

SHARE:

काठमाडौं भदौ १७ ।

संवैधानिक निकायमा गरिएको नियुक्तिसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलासमा सुनुवाइ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

बिहीबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने वा नबस्ने भन्ने टुंगो नलाग्दासम्म संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सुनुवाइ नगर्न अन्तरिम आदेश दिएको हो । आदेशसँगै संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा शुक्रबार तोकिएको सुनुवाइ स्थगित भएको छ ।

संवैधानिक नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइमा संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न हुने र नहुने माग गर्दै परेका छुट्टाछुट्टै दुई रिटमाथिको सुनुवाइकाक्रममा सो आदेश आएको हो । प्रधानन्यायाधीश सदस्य रहने संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध परेका रिटमा सुनुवाइका क्रममा रिट निवेदक कानुन व्यवसायीले संवैधानिक इजलासमा प्रधानन्याधीश बस्दा स्वार्थ बाझिने भन्दै नबस्न माग गरेका थिए ।

कानुन व्यवसायीको मागपछि प्रधानन्याधीश चोलेन्द्रशमशेर जबराले सुनुवाइमा सहभागी नहुने निर्णय गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!