लण्डन भदौ १८ ।

हरितालिका तीजको अवशरमा साउथ इष्ट लन्डनमा विशेष कार्यक्रम हुने भएको छ ।
बिगतका वर्षहरु जस्तै यसपटक पनि प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरको आयोजनामा यही सेप्टेम्बर ९ तारिख बिहीबार तीजकै दिन स्थानीय एशियन कम्युनिटी सेन्टरमा तीज विशेष कार्यक्रम गर्न लागिएको हो ।
डेढ दशकदेखि हरेक वर्ष निरन्तर हुँदै आएको कार्यक्रम गत वर्ष कोभिड महामारीका कारण हुन सकेको थिएन । दिउँसो १ देखि बेलुका ७ बजेसम्म कार्यक्रमको तालिका राखिएको आयोजक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दासुराम पाण्डेले बताए ।
आयोजक मन्दिर व्यवस्थापन समितिले व्रतालु महिलाहरुको लागि निशुल्क पानी, फलफूलको प्रबन्ध गरेको छ । कार्यक्रममा १० वर्षभन्दा माथिका सबैलाई ५ पाउन्ड प्रवेश शुल्क लिइनेछ । एउटै कार्यक्रममा तीजको पूजा र रमाइलो नाचगान पनि हुने भएकाले व्रतालु महिलाहरुको लागि सहज हुने अपेक्षा मन्दिर समितिको छ ।






