बेलायतले अफगानिस्तानको तालीवान सरकारलाई मान्यता नदिने

SHARE:

एजेन्सी भदौ १९ ।

बेलायतले अफगानिस्तानको तालीवान सरकारलाई मान्यता नदिने भएको छ ।

बेलायती विदेशमन्त्री डोमीनिक राबले बेलायत सरकारले तालिवान सरकारलाई मान्यता नदिने घोषणा गरेका हुन् । कतारको राजधानी दोहामा तालिबान नेताहरुसँगको भेटपछि विदेशमन्त्री राबले तालिबानलाई निकट भविश्यमा बेलायतले मान्यता दिने संभावना नरहेको प्रष्ट पारे ।

बेलायतकोे चासो अफगानिस्तानमा फसेका आफ्ना मानिसको उद्धार भएको भन्दै उनले उद्धारका लागि छिट्टै काबुल विमानस्थल खुला हुने संभावना रहेको बताए । तालिवानले पश्चिमा देशहरुसँग सम्बन्ध राम्रो राख्ने हो भने तत्काल अफगानिस्तानमा फसेका पश्चिमा नागरिकहरु र तिनका सहयोगीहरुलाई त्यहाँबाट बाहिर जान दिनुपर्ने अडान राबले राखेका छन् ।

उता, तालिवानका वार्ताकार शेख मोहम्मदले कहिलेदखि काबुल विमानस्थल खुल्छ भन्ने निश्चित नरहेको भन्दै आफूहरुले विमानस्थल खोल्ने विषयमा छलफल गरिरहेको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!