समाजसेवी पार्वतीद्वारा १ लाख ५ सयको अक्षयकोष स्थापना

SHARE:

सुशान्त गाहा मगर
स्याङ्जा । समाजसेवी पार्वती गुरुङले आफ्नो स्व. पिताको स्मृतिमा अर्जुन चौपारी गाउँपालिका-६ दरौ माविमा १ लाख ५ सयको अक्षयकोष स्थापना गरेकी छन् ।

शुक्रबार एक औपचारिक कार्यक्रमका बिच ब्रिटिस सेनाका पूर्व स्टाफ सार्जन स्व. निलबहादुर गुरुङको स्मृतिमा छोरी पार्वती तथा ज्वाइँ जुमप्रसाद गुरुङले उक्त अक्षयकोष रकम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गंगाप्रसाद अर्याल र प्रध्यानाध्यापक गुरु प्रसाद पौडेललाई हस्तान्तरण गरे । सोही अबसरमा बोल्दै गुरुङले आगामी दिनमा अक्षयकोषको रकम बढाउदै लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले २०७२ सालमा सोही बिद्यालयमा आफ्ना ससुरा स्व. गजबहादुर गुरुङको स्मृतिमा १५ लाख ३० हजार रुपैयाको लागतमा दुई कोठे पक्की भवन निर्माण गरेको बताउँदै सो अक्षयकोषको ब्याजबाट भवनको मर्मत संभार गर्नमा खर्च गरिने बताए । सो बिद्यालयमा हाल ३ सय बढि बिद्यार्थीहरु अध्ययनरत छन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!