हरेक वर्षा झैँ यस वर्षा पनि बेलायतमा हंगकंग नाइट हुदै छ । कोभिड पछि को पहिलो म्युजिकल नाइट भएको हुदा दर्शकहरु पनि म्युजिक मा झुम्न रमाउन आतुर भएका छन् । हंगकंग नाइट२०२१ मा नेपाल बाट गायक राजु लामा, संजिप प्रधान आउने भएका छन् भने स्थानीय दाजु भाई ब्याण्ड , प्रज्ना ब्याण्ड ले आफ्नो प्रस्तुति दिनेछ ।

कार्यक्रम लाई पहिलो चरणमा मिस युके नेपाल २०१७ र दोश्रो चरणमा त्रिश राउत मिस इन्गलेंडले संचालन गर्ने छ । कार्यक्रमका आयोजक सुबाश गुरुङ को भनाइ अनुसार कोभिड बाट आतिएका दर्शक हरुलाई मनोरंजन हेतुले मात्र आर्थिक जोखिम मोल्दै यो कार्यक्रम गर्न लागिएको बुझिएको छ । हंगकंग नाइट कार्यक्रम ले दर्शक हरुलाई भरपुर मनोरंजन दिन डी जे यस काजी बाट डी जे डान्स पनि राखिएको छ । कार्यक्रम को मुख्य आकर्षक मंगोलियन हार्ट का गायक तथा भोइस अफ नेपाल का कोच गायक राजु लामा भोटेकोशी, सैलुंगे मेला, जुन झैँ मुहार, घाम पानी र दर्शक, श्रोता हरुले अति नै मनपर्ने तिमीलाई देखेर , पर्खाइमा र अन्य थुप्रै गीतहरुको प्रस्तुति रहनेछ साथमा संजीप प्रधानको कसरी भनु, नशा भित्र अन्य गीतहरु बाट मनोरंजन दिनेछ टिकट अगैवा किन्नेलाई २५ पाउण्ड र कार्यक्रम स्थल मा किन्नेलाई ३० पाउण्ड तोकिएको छ l कार्यक्रम को मुख्य प्रायोजन वाटर मिलन मोर्टगेज ले गरेको छ ।






