बेलायतको अर्थतन्त्र अर्को वर्षसम्म कोभिड पूर्वको अवस्थामा फर्कने अनुमान

SHARE:

लण्डन कात्तिक १० ।

बेलायतको अर्थतन्त्र अर्को वर्षसम्ममा कोभिड पूर्वको अवस्थामा फर्कने अनुमान गरिएको छ ।

बेलायतका अर्थमन्त्री ऋषि सुनकले आज बेलायतको संसदमा बजेट प्रस्तुत गर्दै सो आँकलन गरेका हुन् । उनले यो वर्ष बेलायतको अर्थतन्त्र ६।५ प्रतिशत वृद्धि भएको र आगामी वर्ष पनि ६ प्रतिशतले बढ्ने बताएका छन् । यस्तै आगामी वर्ष मुद्रा स्फिति ४ प्रतिशत पुग्ने र बेरोजगारी दर ५।२ प्रतिशतसम्म पुग्नसक्ने विश्लेषण गरिएको छ ।

बेलायतमा यस वर्षको सेप्टेम्बरमा मुद्रा स्फिति ३.१ प्रतिशत रहेको थियो भने यसअघि बेरोजगारी दर अर्को वर्ष ११ प्रतिशत नाघ्ने अनुमान गरिएको थियो । सुनकले आगामी अप्रिल १ देखि न्यूनतम ज्याला दर वृद्धि गरिने बताएका छन् । जसअनुसार २३ वर्ष माथिका पूर्णकालिन कर्मचारीका लागि प्रतिघण्टा ९ पाउण्ड ५० पेन्स प्रतिघण्टा बनाइएको छ । अहिले न्यूनतम ज्याला ८ पाउण्ड ९१ पेन्स प्रतिघण्टा रहेको छ ।

बजेटमा बेलायतको स्वास्थ्य सेवाका लागि ४४ बिलियन पाउण्ड वृद्धि गरिएको छ भने ११.५ बिलियन पाउण्ड १ लाख ८० हजार घर निर्माणका लागि छुट्याइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!