प्रधानमन्त्री देउवासमक्ष एनआरएनए यूकेले बुझायो ज्ञापन पत्र

SHARE:

लन्डन अक्टोबर ३० । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।
शनिबार भएको भेटवार्ताका क्रममा एनआरएनए यूकेका अध्यक्ष प्रेमगाहा मगरले प्रधानमन्त्री देउवालाई विभिन्न माग समेटिएको ज्ञापन पत्र बुझाएका हुन् ।
जस्ताको तस्तै।
सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्यू
नेपाल सरकार ।
विषयः ज्ञापन पत्रसर्वप्रथम सम्माननीय प्रधानमन्त्रीज्यूलाई ब्रिटेनस्थित सम्पूर्ण नेपाली समुदायको तर्फ बाट संयुक्त अधिराज्यमा स्वागत गर्न चाहन्छौं। २०० वर्ष भन्दा बढी लामो सम्बन्ध रहेको नेपालको भरपर्दो मित्र राष्ट्र बेलायतसंगको द्वीपक्षीय सम्बन्ध यो भ्रमणबाट अरु बढी सुदृढ बन्नेछ भन्ने विश्वास पनि हामीले लिएका छौं।

 

यसै सिलसिलामा निम्न लिखित विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गर्न चाहन्छौं।

१. विगत २०७ बर्षदेखि बेलायतको स्वतन्त्रता, विजय र रक्षाका  लागि निरन्तर लड्दै आएका, नेपाल र नेपालीहरुलाई विश्वभर चिनाउँदै नेपालको अर्थतन्त्रलाई समेत ठूलो टेवा पुर्याउँदै आएका वीर गोर्खाली सेनाहरुको न्यायोचित समान पेन्सन, हक र अधिकारहरुको लडाईंमा नेपाल सरकारले गर्दै आएको पहलको हामी प्रशंसा गर्दछौं। एनआरएनए यूकेले पनि आफ्नो स्थापनाकालदेखि नै बेलायती सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरुको समान हकका लागि आवाज उठाउंदै आएको स्मरण गर्न चाहन्छौं।  यसै वर्ष डिसेम्बर २०२१ देखि नेपाल सरकार, ब्रिटिश सरकार र गोर्खा प्रतिनिधिको समेत सहभागितामा वार्ता शुरु हुन लागेकोमा हामीलाई  खुसी लागेको छ।   सन् १९९० को दशकमा यहाँले तत्कालीन प्रधानमन्त्रीको रुपमा उजागर गर्नुभएको तर आज झण्डै अढाई दशक बितिसक्दा पनि छिनोफानो नभइसकेको अवस्थामा यहाँकै प्रधानमन्त्रीत्वकालमा गोर्खा समस्याको न्यायपूर्ण तथा दीगो समाधान गरी गोर्खालीहरुप्रतिको न्याय स्थापित गर्न नेपाल सरकारका सम्बन्धित निकायलाई निर्देशन दिनु हुन आग्रह गर्दछौं।

२. बेलायतमा रहेका हामी नेपालीहरुले  विगत लामो समयदेखि नेपाली नागरिकताको निरन्तरताका लागि नेपाल सरकार समक्ष आफ्ना निवेदनहरु पेश गर्दै आएका छौं । संसारको जुनसुकै स्थानमा रहेपनि आफ्नो जन्मभूमि नेपालसंगको प्रगाढ पारिवारिक, आर्थिक र भावनात्मक सम्बन्ध हामी शब्दमा व्यक्त गर्न सक्दैनौं । एनआरएनएको ूएक पटकको नेपाली सधैंको  नेपालीू भन्ने मूल मर्म अनुरुप हामीले यस्तो माग राखेका हौँ। तथापि नेपाली नागरिकता ऐन दफा १०, नेपालको  संविधानको धारा २९१ लगायतका संवैधानिक तथा कानूनी प्रावधानहरु हामी प्रवासमा रहेका नेपालीहरुका लागि विभेदकारी रहेका छन्। यस्ता प्रावधानहरु  मात्रृभूमिसंगको हाम्रो सम्बन्धल़ाई  मजबुत बनाउने भन्दा पनि टाढा बनाउने प्रकृतिका छन् । विदेशमा रहेका नेपालीहरुको सीप, ज्ञान र पूंजीगत लगानीलाई पनि सोझै निरुत्साहित गरेका छन् । त्यसैले यस्ता विभेदकारी कानूनहरु तत्काल हटाउन पहल गरि दिनु हुन अनुरोध गर्दछौं। साथै गैर–आवासीय नेपाली सम्बन्धी ऐन र नागरिकता सम्बन्धी ऐन संशोधन गर्ने लगायतका विधेयकहरू तदारूकताका साथ संसदबाट पारित गराउन आग्रह गर्दछौं ।

३. सम्मानित सर्वोच्च अदालतको निर्देशन अनुसार विदेशमा बस्ने नेपालीहरूले  मतदानमा भाग लिने ब्यवस्था मिलाउन तथ्याङ्क संकलन लगायत ब्यवस्थापनमा तदारूकता देखाइ आगामी संसदीय निर्वाचनमा सहभागी हुने ब्यवस्था मिलाउन आग्रह गर्दछौं ।

४. ब्रिटेन यूरोपेली संघबाट बाहिरीइ सकेकाले नेपालबाट ब्रिटेनमा सिधा हवाइ सेवा संचालन गर्नमा कुनै प्रतिबन्ध लगाएइको अवस्था छैन।  त्यसैले दुवै देशलार्इ जोड्ने गरी सिधा हवाइ सेवा जति सक्दो चाँडो सूरु गर्ने व्यवस्था मिलाई दिनु हुन सम्माननीय प्रधानमन्त्रीज्यूसंग आग्रह गर्दछौं।  यसले दुर्इ देशबीच पर्यटन विस्तार गर्नुका साथै भूतपूर्व गोर्खा सैनिक लगायत ब्रिटेनस्थित सम्पूर्ण नेपाली समुदाय लाभान्वित हुने स्पष्ट छ।

५. नेपाल तथा ब्रिटेनबीच लगानी तथा व्यापार बढाउन एनआरएनए यूकेले जोड दिंदै आएको छ।  नेपालमा ब्रिटेनबाट प्रत्यक्ष वैदेशिक लगानी अभिवृद्धि गर्न नीतिगत तथा व्यावहारिक व्यवस्था अरु सुगम एवं झन्झटमुक्त बनाउन पनि हामी आग्रह गर्दछौं। साथै बेलायत लगायतका मुलुकमा न्यून व्याजमा राखिएको नेपालीहरुको पूँजी बढी व्याज आउने नेपाली ब्यांकहरुमा राख्नुका साथै चाहेको बेला फिर्ता ल्याउन पनि सक्ने कानूनी प्रवन्ध मिलाई दिनु हुन पनि आग्रह गर्दछौं।

प्रेम गाहा मगर                                                                                                                                                                खुशी लिम्बु
अध्यक्ष                                                                                                                                                                         महासचिव

गैर आवासीय नेपाली संघ युके                                                                                                                                          गैर आवासीय नेपाली संघ युके
बोधार्थः
नेपाली दूतावास, लन्डन

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!