जीआरएनसीको अध्यक्षमा मान गुरुङ

SHARE:

लण्डन कात्तिक १४ ।

ग्रेटर रस्मोर नेपाली कम्युनिटी युके जीआरएनसीको अध्यक्षमा मान गुरुङ निर्वाचित भएका छन् ।

कम्युनिटीको शनिबार सम्पन्न अधिवेसनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरिएको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा माया डंगोल केसी, प्रमिला लाबुङ राई, उत्तरबहादुर गुरुङ र लीला सेलिङ्ग माबो, महासचिवमा हरि गुरुङ र कोषाध्यक्षमा चन्दन गुरुङ निर्वाचित भएका हुन् ।

सदस्यहरुमा जुमकाजी गुरुङ र हेमकुमार गुरुङ निर्विरोध निर्वाचित भएका छन् । अन्य रिक्त पदहरु आगामी बैठकले पूर्ति गर्ने बताएको छ । नयाँ कार्यसमिति गठनका लागि पदम राईको संयोजकत्वमा, क्याप्टेन भीम महेन्द्र लिम्बू सहसंयोजक, रोहित गुरुङ सचिव, जीव बेलबासे सहसचिव र ओम थापा सदस्य रहेको निर्वाचन समिति गठन भएको थियो ।

निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिले प्रमाणपत्र, खादा लगाएर बधाई दिएको थियो भने उपस्थित अन्य व्यक्तिहरुबाट पनि बधाई दिएका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!