राष्ट्रिय जनगणनाबारे तमु धिं नेपालको बृहत् अभिमुखीकरण

SHARE:

राष्ट्रिय जनगणनालाई पहिचान र अधिकारको अभियान बनाउनुपर्छः सांसद गुरुङ
पोखरा नोभेम्बर ९ । कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने १२ औं राष्ट्रिय जनगणनाबारे तमु धिं नेपालले पोखरामा सोमबार बृहत अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

हरेक १०/१० वर्षमा हुने राष्ट्रिय जनगणनालाई मेरो गणना, मेरो सहभागिता नाराका साथ तमुहरुलाई सचेतताका साथ सक्रिय सहभागिताका लागि आयोजित अभिमुखी कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले उद्घाटन गर्नुहुँदै राष्ट्रिय जनगणनालाई पहिचान र अधिकारको अभियान बनाउनुपर्ने बताउनुभयो। जनगणना आधारसँग तथ्यगत महत्व राख्ने भएकाले सचेतनापुर्वक महाअभियानका रुपमा तमुहरु जुट्नुपर्ने बताउनुभयो। जनगणनाले निती निर्माण, योजनासहितमा विशेष प्रभाव पार्ने भएकाले १२ औं जनगणनालाई नमुना बनाउनुपर्ने उहाँको भनाई थियो।

पहिचानसँगको लडाई पनि भएकाले एकमत एकता हुन तमुहरु आव्हान गर्दै प्रमुख अतिथि गुरुङले आँखाले देख्ने, खुट्टाले टेक्ने हातले लेख्ने अवस्थासम्म गुरुङहरु क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो। तमु धिं नेपालले समय सान्दर्भिक विभिन्न कार्यक्रम, अभियानहरु संचालन गर्दै आएकोमा प्रदेश सभा सदस्यको हैसियतले आफ्नो साथ सहने आश्वासन दिनुभयो।

कार्यक्रममा सहजीकरण गर्नुहुदै प्रदेश जनगणना कार्यलयका तर्फबा सुरेन्द्रराज पौडेलले सरकारले गर्नुपर्ने अभिमुखिकरण कार्यक्रम संस्थाले आयोजना गरेकोमा तमु धिं नेपाललाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले जनगणनाको महत्व, जनगणनाको प्रश्नावली, तमुहरुको विगतको जनसाँख्यिक तथ्यांकबारे प्रष्ट्याउनुहुदै १२ राष्ट्रिय जनगणनाको लक्ष्य गुणस्तरीय जनगणना भएको बताउनुभयो। उहाँले कुनै नछुटोस, कोही नदोहिरियोस भन्ने मान्यतालाई आत्मसाथ गर्दै व्यक्तिगत, पारिवारिक, सामाजिक, साँस्कृतिक, आर्थिक, जनजीवनको यर्थाथ विवरण जनगणनाले प्रस्तुत गर्ने दावी समेत गर्नुभयो।
आदिवासी अधिकार अभियन्ता अमृत गुरुङले राज्यले तथ्यांकलाई आफ्नो अनुकुलमा प्रयोग गरिरहेकाले आन्तरिक गोपनियताको अधिकारलाई सुनिश्चित रहने गरी तथ्यांक उपलब्ध गराउनुपर्ने बताउनुभयो। जनगणनाको व्यक्तिगत विवरणमा सोधिन प्रश्नहरु पहिचानसँग विशेष जोडिने भएकाले गुरुङहरुको समुदायगत एकै उत्तर हुनुपर्ने उहाँको भनाई थियो। जात जातिमा गुरुङ, पुर्खाको भाषामा गुरुङ, मातृभाषामा गुरुङ, दोश्रोभाषामा तामाङ, थकाली, मगर, नेवार लगायत आदिवासीका भाषा र धर्ममा बौद्ध वा बोन लेख्न लेखाउनपर्ने गुरुङले बताउनुभयो।

तमु धिं नेपालमा अध्यक्ष हुमबहादुर गुरुङले राष्ट्रिय जनगणनाको महत्वलाई मनन गर्दै महाअभियानको रुपमा गाँउ बस्ती, टोलटोल, घर घर, व्यक्तिव्यक्तिलाई सचेत र सुसूचित गर्नुपर्ने बताउनुभयो। दशवर्षमा हुने जनगणनाको तथ्यांकले दीर्घकालिन प्रभाव पार्ने भएकाले सत्य, तथ्यका लागि तमु समाजहरुले टोल टोलमा स्वयमसेवक खटाई सहयोग गर्ने आग्रह गर्नुभयो। जात जाति, पुर्खाको भाषा,मातृभाषामा गुरुङ, दोश्रोभाषामा नजिकका आदिवासी जनजातिहरु तामाङ, थकाली, मगर, नेवार लगायतका भाषा र धर्ममा बौद्ध वा बोन लेख्न लेखाउन अध्यक्ष गुरुङले अनुरोध गर्नुभयो।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव जुनाकुमारी गुरुङले गर्नुभएको थियो। उक्त कार्यक्रममा बगर तमु समाजमा नवनिर्वाचित अध्यक्ष पदमबहादुर गुरुङसहित समाजका कार्यसमिति र आमा समितिलाई खादा लगाएर बधाई ज्ञापन गरिएको थियो भने कोल्माबहाकोट तमु समाजका अध्यक्ष सु.भोजबहादुर गुरुङ नेकपा एमाले पोखरा १५ को वडा कमिटीमा निर्वाचित, केन्द्रिय आमा समिति सहसचिव बालकुमारी गुरुङ वडा नं.११ को सहसचिव, युवा विभागका मानार्थ सहसंयोजक नेपाली काँग्रेस पोखरा महानगर समिति सदस्य एवम वडा नं.४ सचिवमा निर्वाचित हुनुभएकोमा बधाई ज्ञापन गरिएको थियो।

यसरी नै कार्यक्रम तमु ह्युला धिं तालबेसीलाई भवन निर्माणका लागि तमु धिं नेपालको तर्फबाट ५० हजार रुपैया र हिमाली गुरुङ परिवारका सदस्य क्यान्सर पिडित आसबहादुर गुरुङलाई आकस्मिक राहतकोषबाट २५ हजार रुपैया सहयोग गरिएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!