सामुहिक तो ल्होछार\ल्होसार मनाउन कस्केली गुरुङ जुटे

SHARE:

पोखरा, १६ मंसिर । कस्केली तमुहरु तो ल्होछार\ल्होसार २०७८ सामुहिक रुपमा मनाउने तयारीमा जुटेकाछन्। तमु(गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिको र गुरुङ फिल्म एशोसियसन(जिफान)मा तमुहरुको नयाँबर्ष(ल्होछार\ल्होसार)मनाउन जुटेका हुन।

आउदो पुस १५ गतेबाट आगमन हुने बाघ वर्ग अर्थात तो ल्होको अवसरमा सामुहिक रुपमा मनाउन विहिबार पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा विभिन्न तमु संघ सस्थाहरुले छलफल गरेका हुन।
तो ल्हो आगमनमा सामुहिक कार्यक्रमलाई भव्य र सभ्य रुपले मनाउन तमु कलाकार संघका तर्फबाट सुरेन्द्र गुरुङ, जिफानका तर्फबाट भोजबहादुर गुरुङ, तमु धिं नेपालका हुमबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका धर्म गुरुङ, तमु ह्युला छोंज धिंका आसबहादुर गुरुङ र दिलमाया गुरुङ, तमु धिं नेपाल केन्द्रिय आमा समितिकी पवित्रादेवी गुरुङ, तमु प्ये ल्हु संघका निमबहादुर गुरुङ र तमु साँस्कृतिक प्रतिष्ठान नेपालका श्रीजंग गुरुङ रहेको सचिवालय गठन गरेको छ।

छलफल कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ तमु कलाकार संघका अध्यक्ष सुरेन्द्र गुरुङ, जिफानका भोजबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्म गुरुङ, तमु ह्युला छोंज धिंका आसबहादुर गुरुङ, तमु धिं नेपाल केन्द्रिय आमा समितिकी कार्यवाहक अध्यक्ष पवित्रादेवी गुरुङ,ङ्योए तमु धिंका अध्यक्ष मनबहादुर गुरुङ, तमु साँस्कृतिक प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष चिजकाजी गुरुङले सामुहिक ल्होछार\ल्होसार प्रभावकारी बनाउन भनाई राख्नुभएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!