प्रकाश पुन अध्यक्षमा निर्वाचित हङकङ नेपाली व्यापार संघको दोस्रो अधिवेशन यसरी सम्पन्न भयो

SHARE:

हङकङ नेपाली व्यापार संघको दोस्रो अधिवेशनबाट  प्रकाश पुन दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् । गैरआवसीय नेपाली सङ्घका पूर्व कोषाध्यक्ष समेत रहेका उनी म्याग्दी प्रवासी नेपाली सङ्घका संस्थापक अध्यक्ष साथै अहिले संरक्षक  पनि हुन्।

शनिबार सम्पन्न भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष कविता गुरूड, उपाध्यक्ष सुमन थापा महासचिव अर्जुन गौचन,सचिव भेषमनी श्रेष्ठ, कोषाध्यक्ष टिका माया श्रेष्ठ, सहकोषाध्यक्षमा करूण श्रेष्ठ चुनिएका छन्।त्यसैगरी सदस्यहरूमा सुरज श्रेष्ठ,सन्तोष कुमार गुरूड, ज्ञानेन्द्र थापा र अनिता गुरूड रहेका छन् ।

नेपाल र हङकङको ब्यापार प्रर्वधनमा सक्रिय रहेको संघको अधिवेशन उद्घाटन गदैं प्रमुख अतिथि नेपाली महावाणिज्यदुत उदय राना मगरले नेपाली उत्पादन हङ्गकङ्गमा बजारीकरण लागि सहज हुने बताए ।

अधिवेशनको अवसरमा नेपाल एयरलाइन्स कन्ट्री म्यानेजर  नवराज उपाध्याय, एनआरएएनका अध्यक्ष गोकर्ण ढकाल, नेपाली महासंघका अध्यक्ष रिता गुरूड, चेम्बर अफ कर्मस अध्यक्ष डासुराम पराजुली, नेपाल उद्योग वाणिज्य महासंघ हङकङका सदस्य कृष्ण पाण्डे,मगर संघका अध्यक्ष हेम थापा,थकाली सेवा समितिका अध्यक्ष हर्क नारायण तुलाचन, तमाडःघेदुडका अध्यक्ष रमेश मुक्तान, अल्पसंख्यक नेपाली संगठनका अध्यक्ष शिला घामला नेपाली महिला संघका महासचिव अनु राई, क्षेत्री समाजका राजेन्द्र थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

अधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा चुनिएका पुनले कोरोनाको कहरबाट सिथिल  नेपाली उत्पादनलाई पुन: नवीन ऊर्जा सहित अन्तर्राष्ट्रियकरण गर्न विभिन्न अभियान संचालन गर्ने र आगामी दिनमा विश्व बजारमा बजार प्रबंधनको लागि १० अर्ब  लगानी गर्ने पनि बताउनु भयो ।

HK नेपाली व्यापार संघको दोस्रो अधिबेशनबाट पुन: निर्बिरोध निर्बाचित अध्यक्ष प्रकाश पुन लगाएत सम्पुर्ण कार्यसमितिलाई HK नेपाली व्यापार संघका प्रमुख संरक्षक राधिका गुरूड (टिका) द्वारा बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!