नेपाली नयाँ वर्षको अवसरमा ‘नेपाल रन’गर्दै पोखरेली मञ्च यूके

SHARE:

बेजिङ्स्टोक डिसेम्बर २३ । गैर आवासीय नेपाली संघ (एनआरएनए यूके) की निवर्तमान अध्यक्ष पुनम गुरुङको संयोजकतामा नेपाली नयाँ वर्ष २०७९ सालको शुभअवसरमा बेजिङस्टोकमा ‘नेपाल रन’ आयोजना हुने भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रवर्ध्दक तथा प्रमुख साझेदारी संस्था पोखरेली मंच यूकेले आगामी अप्रिल १७ तारिख २०२२ आइतबार यूकेमा नेपालीहरुको घना बस्ती रहेको बेजिङस्टोकमा दौड आयोजना गर्न लागेको हो ।

शारीरिक तन्दुरुस्ती कम (निस्किय जीवनशैली) भइरहेको परिप्रेक्ष्यमा दौड आयोजना गरेर केही मात्रामा भए पनि प्रोत्सोहन दिने उद्देश्यले दौड आयोजना गर्न लागेको पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङले जानकारी गराए । शारीरिक तन्दुरुस्ती मुख्य उद्देश्य त हो तर त्यससँगै नेपाली संस्कृति र परम्परालाई नयाँ पुस्तालाई चिनाउने र हस्तान्तरण गर्दै लैजाने कार्यक्रमको अर्को प्रमुख लक्ष्य रहेको उनले बताउ ।

त्यस्तै कार्यक्रमबाट समुदायमा शारीरिक तंदुरुस्तीबारे चेतना फैलाउने उद्देश्य रहेको नेपाल रन क्लबका संयोजक एवं धरान रन तथा नेवा च्यारिटीका संस्थापकसमेत रहेका सन्तोष राईले बताए । यूकेमा पहिलो पटक आयोजना गरिने उक्त दौड स्थानीय बेजिङ्स्टकमा आयोजना गरिनेछ र कार्यक्रमलाई सफल बनाउन स्थानीय बेजिङ्गस्टक नेपाली समाजका अध्यक्ष ओम गुरुङ र बेजिङ्गस्टक तमु समाजका सम्योजक दुर्गा गुरुङले स्थानीय समुदायले सहयोग गर्ने भएका छन् ।

दौड कार्यक्रमको सहसंयोजक मिस नेपाल युके टेनिसा रानालाई जिम्मेवारी दिएको छ भने कार्यक्रमको प्राविधिक पक्षको संयोजन नेपाल रनले गर्ने बताइएको छ । गत आइतबार सम्पन्न भेलाको संचालन पोखरेली मंचका उपाध्यक्ष करम गुरुङले संचालन गरेको कार्यकममा पोखरेली मंच र नेपाल रनका पदाधिकारीहरु साथै बेजिङ्गस्टकका स्थानीय समाजसेवीहरु प्रेम गुरुङ्ग, बल थापा, नेपाल प्रहरीका पूर्व डिएसपी वाचस्पति रेग्मी, पाण्डव महतो, उदेश देवान, जगन कार्की, सुर्य गुरुङ, राम गुरुङ लगायतको उपस्थिति रहेको मञ्चका अध्यक्ष मान प्रसाद गुरुङले जनाएका छन् ।

हालै पोखरेली मञ्चको पहलमा भएको एक भेलाका सहभागीहरुले कोरोना महामारी र विभिन्न स्वास्थ्य संकट बढीरहेको बेला समुदायलाई रोग र शारीरिक समस्याबाट बच्न र सचेत रहन सहयोग गर्ने कार्यक्रम अत्यन्त सराहनीय रहेको भन्दै उपस्थित सबैले सकेको सहयोग गर्ने जनाएका थिए ।

कार्यक्रम मार्फत जुटेको सहयोग राशीले नेपालको सुन्दर नगरी पोखरा र धरानमा हरेक वर्ष आयोजना हुने पोखरा अन्तरराष्ट्रिय म्याराथन र धरान रनलाई सहयोग गरिने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!