ल्होछारको दिन तमु समाज युकेले गर्‍यो ग्रहशान्ति तथा शुद्धीकरण पूजा

SHARE:

नारायण सिङ्ग गुरुङ
लन्डन । तमु समाज युकेले यही ३० डिसेम्बर २०२१ तदनुसार २०७८ पौष १५ गते बिहीबार तमुहरुको महान् पर्वको अवसरमा गाई वर्गलाई बिदाई र बाघ वर्गलाई स्वागत गर्ने ल्होछार/ल्होसार कार्यक्रम बरहाम पार्क वेम्बली लन्डनस्थित तमु समाज युकेको आफ्नै भवनमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा गरेर सम्पन्न गरेको छ ।

पूजा स्थलमा लामागुरुहरुलाई भव्य स्वागत गरेपछि पूजा कार्यक्रम सुरु हुनुअगावै महासचिव धरमबल गुरुङले हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी गराएका थिए । बिहान ११ बजेबाट तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङ, आमा समूहकी अध्यक्ष उमादेवी गुरुङ, समाजका जेष्ठ नागरिक गुमानसिङ्ग गुरुङ र पूजा कार्यक्रम संयोजक हरिमान गुरुङले संयुक्त रुपमा दीप प्रज्ज्वन गरी पूजा कार्यक्रम आरम्भ गरेका थिए । धार्मिक तथा परम्परागत पूजा कार्यक्रमलाई समाजका अध्यक्ष शिवकुमार गुरुङले नेतृत्व गरेका थिए भने समाजको खाद्य तथा स्पोर्ट्स संयोजक हरिमान गुरुङले अरू बाँकी सम्पूर्ण व्यवस्थापकीय कार्यहरुको संयोजन गरेका थिए ।

त्यस्तैगरी हरिमान गुरुङकै व्यवस्थापन र आग्रहमा बीसीसी युकेको धर्मगुरुद्वय खेन रिम्पोछे थुप्तेन गुरु र सानु लामाले पहिलो पटक बेलायतमा बीसीसी गुम्बा परिसरबाट बाहिर निस्केर तमु समाज युके नेप्लिज कम्युनिटी सेन्टरमा अत्यन्तै प्रभावकारीरूपमा बिधिपूर्वक ग्रहशान्ति र शुद्धीकरण पूजा सम्पन्न गरेका हुन् ।

बेलायतमा हाल संक्रमणको भयावह स्थिति रहेको ओमिक्रोन भेरियन्ट प्रकोपका कारण तमु समाज युकेको पूर्वनिर्धारित ८ जनवरी २०२१को तो ल्होछार कार्यक्रम बहुमत सदस्यबाट रद्द गरेको थियो भने पूजा कार्यक्रम यथावत नै सञ्चालन गरेको थियो । स्थिति असहज तथा त्रासदीपूर्ण रहे तापनि पूजा कार्यक्रम भने स्वतस्फूर्त भक्तजनहरूको बाक्लो उपस्थिति तथा सरकारी स्वस्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी सम्पन्न भएको थियो ।

पूजा कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो । प्रथम पूजा कार्यक्रम स्व: खुसीमान गुरुङ स्वर्गारोहण भएको १ वर्षे पुण्य तिथिको दीप प्रज्ज्वलन कार्यक्रम रहेको थियो । उक्त कार्यक्रममा स्व: खुसीमान गुरुङको श्रीमती पन्जा गुरुङ र छोरा सुदन गुरुङ तथा विभिन्न ठाउँबाट आएका आफन्तजनहरुको उपस्थितिमा धर्मगुरुहरुले पूजापाठ तथा दीप प्रज्ज्वलन गरी समापन गरेका थियो । स्व: खुसीमान गुरुङ तमु समाज युकेका आजीवन सदस्य तथा पाँचौं कार्यसमितिका सक्रिय सदस्य थिए ।

पहिलो पूजा समापनपश्चात् दोस्रो भागमा तमु समाज युकेले ल्होछारको पावन अवसरमा हरेक वर्ष गरिने ग्रह शान्ति तथा शुद्धीकरण पूजा बिहान झण्डै ११ बजे आरम्भ गरिएको थियो । खेन रिम्पोछे थुप्तेन गुरुले दोस्रो भागमा समयमा गरिने पूजाको बारेमा संक्षिप्त जानकारी तथा प्रवचन दिएपश्चात सम्पूर्ण विधिपूर्वक ग्रहशान्ति तथा शुद्धीकरण पूजा दिउँसो झण्डै ३:३० बजेतिर समापन भएको थियो ।

कार्यक्रमको अन्तमा समाजका कोषाध्यक्ष खेमबहादुर गुरुङले पूजा कार्यक्रमको लागि स्वतस्फूर्तरुपले नगद तथा जिन्सी प्रायोजनहरुको नामवाली वाचन गरेका थिए भने समाजका अध्यक्ष शिवकुमार गुरुङले पूजा संचालन गर्ने धर्मगुरुहरु, पूजा कार्यक्रम संयोजक तथा आयोजक समितिका सदस्यहरु, आमा समूह, उपस्थित सम्पूर्ण भक्तजनहरुलाई र आफू उपस्थित हुना नसके पनि पूजा कार्यक्रमलाई आर्थिक सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तित्वहरुलाई धन्यवादसहित आभार ब्यक्त गरेका थिए ।

पूजा कार्यक्रममा उपस्थित भक्तजनहरूको लागि स्वादिष्ट खाना तथा पेय पदार्थ सम्पूर्ण रूपमा आमा समूहको अध्यक्ष उमादेवी गुरुङ, पन्जा गुरुङ र आमा समूहका पूर्वउपाध्यक्ष पुष्पा गुरुङले संयोजन तथा प्रयोजन गरेका थिए । कार्यक्रममा पन्जा गुरुङले पति स्व: खुसीमान गुरुङको एक वर्षे पुण्य तिथिको स्मृतिमा तमु समाज युकेलाई ६३५ (छ सय पैतीस) पाउन्ड दान प्रदान गरेकी छन् ।

पूजा कार्यक्रममा ओमकार गुरुङले फोटोग्राफी तथा भिडियोग्राफीको व्यवस्था गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!