नुवाकोटका १३ वर्षीय बालकलाई ब्लड क्यान्सर, सहयोग गरिदिन अपील

SHARE:

घलेभञ्ज्याङ । नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका ३ घलेगाउँका ब्लड क्यान्सरपीडित १३ वर्षीय बालक दिपेश तामाङ (अस्बिन)को उपचारमा आर्थिक अभाव भएको परिवारले जनाएको छ ।

प्राण घातक रोग क्यान्सरको चार महिनादेखि लगातार उपचार गर्दा आफूसँग भएको र इस्टमित्रसँग सापटी लिएको रकमसमेत सकिएको बिरामीका बुबा रुपक तामाङले जानकारी दिनुभयो ।

घलेभञ्ज्याङ । नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका ३ घलेगाउँका ब्लड क्यान्सरपीडित १३ वर्षीय बालक दिपेश तामाङ (अस्बिन)को उपचारमा आर्थिक अभाव भएको परिवारले जनाएको छ ।

प्राण घातक रोग क्यान्सरको चार महिनादेखि लगातार उपचार गर्दा आफूसँग भएको र इस्टमित्रसँग सापटी लिएको रकमसमेत सकिएको बिरामीका बुबा रुपक तामाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग भएको ३ लाख र बैंकबाट लिएको ६ लाख ऋणको रकम पनि उपचारमै सकियो । डाक्टरले पहिलो चरणमा २० लाख र त्यसले निको नभए ४० लाख रुपैयाँभन्दा बढी लाग्ने भन्नुभएको छ, अब कसरी उपचार गर्ने हामी चिन्तामा छौं ।’
उहाँका अनुसार सामान्य अवस्थामा औषधिका लागिमात्रै अहिले दैनिक ५ हजार रुपैयाँ खर्च चाहिन्छ । किमो चढाउन अस्पताल भर्ना हुँदा भने सुरुको दिन २० हजार, दोस्रो दिन केही कम हुँदै खर्च हुने गरेको जानकारी दिनुभयो ।

केही वर्ष खाडी मुलुकमा नोकरी गरेर बिदामा फर्किनुभएका बिरामीका बुबा रुपक (सन्तोष) छोराको उपचारकै कारण कमाउन जान सक्नु भएको छैन ।

करिब ६ महिनादेखि दाँतबाट रगत आउनेलगायतका लक्षण देखिएका दिपेशलाई ब्लड क्यान्सर भएको ४ महिनाअघि थाहा पाएको हो । सुरुमा वीर अस्पताल, टिचिङ अस्पतालबाट उपचार थालिएका दिपेशलाई अहिले कान्ति बाल अस्पतालमा उपचार गराइरहेको छ । चिकित्सकका अनुसार दिपेश (अस्बिन) लाई कडा खालको क्यान्सर भएको छ । अहिलेसम्म २ पटक किमो (औषधि) चढाइएको उहाँका बुबा सन्तोष तामाङले बताउनुभयो ।

सरकारी अस्पताल भएको बेड अभाव र बिरामीको सुरक्षाका लागि धापासी हाइटमा रहेको लियोनार्दो फाउन्डेशन श्रेष्ठमा राखेर नियमित फलोअप गराइरहेको रुपक तामाङले बताउनुभयो । फाउन्डेशनले नि:शुल्क खाना र बस्न व्यवस्था गराइदिएकोले केही राहत मिलेको उहाँको भनाइ छ ।

सानैदेखि सरल र राम्रो पढाइ गर्दै आउनुभएका बिरामी दिपेश तामाङले कक्षा ६ मा काठमाडौंमा पढ्दै हुनुहुन्थ्यो । क्यान्सरको उपचारपछि पढाई छुटेको छ । आफू चाँडो निको हुन पाएमा स्कुल जाने इच्छा रहेको बताउने गरेको अभिभावकले बताउनुभयो । घलेगाउँका शक्ते तामाङ र कान्छी तामाङका नाती हुनुहुन्छ दिपेश तामाङ ।

सहयोग गर्न चाहने महानुभावले
बिरामीको नाम
नाम : दिपेश तामाङ
बैंकको नाम : सिटिजन्स बैंक लिमिटेड, सामाखुसी शाखा
खाता नं :  ०३८०१०००००३०६०४५
फोन नं : ९८१८७५६९५१  [बिरामीको बुबा रुपक तामाङ]

बिरामी सम्बन्धित अस्पतालका कागजातहरु

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!