संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूकेको अध्यक्षमा देवीबहादुर तुम्बाहाङ्फे

SHARE:

लन्डन ५ जनवरी । संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूकेको अध्यक्षमा देवीबहादुर तुम्बाहाङ्फे निर्वाचित भएका छन् ।

३१ डिसेम्बर २०२१ को साँझ भर्चुअलमार्फत भएको प्रथम ऐतिहासिक महाधिवेशनले तुम्बाहाङ्फेको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत नेतृत्व चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा कुलदीप राई, कृष्णप्रसाद लिङ्देन, हर्कजङ कुरुम्बाङ, राम इजम, वीरेन्द्र पुन, महासचिव दिपक तुम्बापो, सचिव सुदेश थकाली, अर्थसचिव थानकुमान नाल्बो निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा चन्द्रकला आवाजुङ, चन्द्र सुन्दास, खड्गजङ आङ्बुहाङ, बिष्णुमान राई, बिमल राई, गोपाल तामाङ, कुमार गुरुङ, राजकुमार राई छन् ।

प्रथम चरणको कार्यक्रम अध्यक्षता संघीय लिम्बुवान सामाजिक मञ्च यूकेका अध्यक्ष टंक खापुङले गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव राम इजमले गरेका थिए । कार्यक्रमलाई अगाडि बढाउँदै महासचिव राम इजमले अथितिको रुपमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च यूकेका निवर्तमान अध्यक्ष एवं सचिवालय सदस्य देवीबहादुर तुम्बाहाङ्फे, संघीय ल‍ोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको संस्थापक अर्थसचिव एवं सचिवालय सदस्य चुडामणि तुम्बाहाङ्फे र किरात याक्थुङ चुम्लुङ यूकेका संस्थापक अध्यक्ष खड्गजङ आङ्बुहाङलाई आसनग्रहणसहित अन्य सम्पूर्णलाई पनि यथास्थानमा आसनग्रहण गराए ।

सहिदहरुप्रति सम्मान स्वरुप एक मिनेट मौन धारणपश्चात् उपस्थित सम्पूर्णलाई सं.लि.सा. मञ्च यूकेका केन्द्रीय उपाध्यक्ष हर्कजङ कुरुम्बाङले स्वागत गरेका थिए भने अध्यक्ष खापुङ लगायतले पहिचान, अस्तित्व, भूमि र १०+१ को पेचिलो बन्दै गएको मुद्दा र आन्दोलन बारेमा प्रष्ट्याउँदै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च यूके समितिको पुनर्गठन एवं रुपान्तरणबारे चर्चा गरे । प्रथम चरण कार्यक्रमको समापन गर्दै अध्यक्ष टंक खापुङले दोस्रो चरणको कार्यक्रम सञ्चालन एवं निर्वाचन सम्पन्न गर्ने जिम्मा निर्वाचन मण्डलका अध्यक्ष चुडामणी तुम्बाहाङफेलाई हस्तान्तरण गरेका थिए ।

बन्द सत्रको कार्यक्रमलाई अध्यक्ष मण्डलका सचिव एवं सं.लि.सा. मञ्च यूकेका उपाध्यक्ष रुपमान कुरुम्बाङले अथितिलगायत सबैलाई आसनग्रहण गराउँदै कार्यक्रममा स्वागत गरेका थिए । आसनग्रहण एवं स्वागतपश्चात् कार्यक्रमको आचारसंहिता, उम्मेदवारीको योग्यता लगायतका विषयमा प्रस्ट पारेका थिए भने प्राविधिकतर्फ निर्वाचन मण्डलका सदस्य एवं सं.लि.सा. मञ्च यूकेका उपमहासचिव लाल लिङ्देनले भूमिका निभाएका थिए । दाबी विरोध नभएपछि नयाँ कार्यसमिति घोषणा तर्फ लागिएको थियो ।

यस्तै महाधिवेशनले सल्लाहकारहरु पनि चयन गरेको छ । प्रमुख सल्लाहकार चुडामणि तुम्बाहाङ्फे, टंक खापुङ, यदुचन्द्र लाओती र राम पोमु चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका अध्यक्ष चुडामणि तुम्बाहाङ्फेले पद तथा गोपनियताको शपथ दिलाएका थिए । अन्त्यमा बधाई तथा शुभकामनाको कार्यक्रमपश्चात् निर्वाचन मण्डलका अध्यक्ष चुडामणि तुम्बाहाङ्फेबाट आफ्नो छोटो मनतव्यसहित नवनिर्मित अध्यक्ष एवं सम्पूर्णलाई शुभकामना र बधाइ ज्ञापनसहित कार्यक्रम समापन गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!