लन्डन ६ जनवरी । संघीय लोकतान्त्रिक सामाजिक मञ्च युकेको अध्यक्षमा शर्मिला यक्सो चोङवाङ निर्वाचित भएकी छन् । मन्चको प्रथम महाधिवेशनले यक्सोको अध्यक्षतामा निर्विरोध रुपमा ५१ सदस्सीय कार्यसमिति चयन गरेको हो । यक्शो तत्कालीन संघीय उपाध्यक्ष थिइन् ।
समितिका उपाध्यक्षहरुमा तिल बिक्रम लावती, युबराज गुरुङ, रामबहादुर बुरा मगर, जोगेन्द्रसिङ फेयङ, पेपराज कुरुम्बाङ, खुशीमान राना, महासचिवमा नवराज काम्बाङ्ग, उपमहासचिवमा रामबहादुर लावती, सचिवमा शिवकुमार सेन्दाङ, सहसचिवमा प्रविन तुम्बापो, अर्थ सचिवमा भिम नियोङ, सहअर्थ सचिवमा अनिल गुरुङ, सचिव कुल गुरुङ रहेका छन् ।
समितिका सदस्यहरुमा खगेन्द्र गौचन, दिपक मगर, प्रेम थकाली, विकास बेघा, प्रेम गुरुङ, शम्भु थापा क्षेत्री, पदम गुरुङ, उपेन्द्र राई, मंगल लिम्बु, निमा शेर्पा, तेज योङ्हाङ, कुमारी लिम्बु, डिल्ली लिम्बु, फनेन्द्र माया लिम्बु, सासा लिम्बु, मानप्रसाद लिम्बु, सबिना लिम्बु, इमा लावती, जुनु लावती, बुद्धीमाया लिम्बु, प्रसाद नियोङ, मधु मादेन, नरेन्द्र गुरुङ, समिर गुरुङ, बिशाल गुरुङ, काजीमान शेर्पा, शान्ता शेर्पा, रामप्रसाद विश्वकर्मा, श्रीमती अन्जना यक्सो र चन्द्रकुमार लुम्फुङवा निर्वाचित भएका छन् ।
सल्लाहकारहरुमा जिताहाङ यक्सो, यामबहादुर लिम्बु, होम देवान, हर्कबहादुर यक्सो, लोकबहादुर थोप्रा, श्रीमती देवी विश्वकर्मा र बेनुकुमार आसामी रहेका छन् । यक्सोको अध्यक्षता तथा नवराज काम्बाङको सन्चालनमा प्रथम महाधिवेसन भएको थियो।
समितिमा पार्टीमा धेरै योगदान दिने र संघीय लिम्बुवान सामाजिक मञ्च युके समितिले बहिस्करण पारेका विभिन्न तहका नेताहरु र नेपालको पश्चिम क्षेत्रका सबै जात जातिको प्रतिनिधित्व गरेर समीति गठन गरिएको नवनिर्वाचित अध्यक्ष यक्सोले बताएकी छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च नेपालमा एउटा नयाँ सशक्त पहिचानवादी पार्टीको स्थापित हुने ब्यापक जनसमर्थन र संगठन बिस्तार भैरहेकोमा त्यस अभियानलाई मन्चले सघाउने प्रतिवद्धता पनि उनले जनाएकी छिन् ।






