पाँचथर समाज सेवा यूकेको अध्यक्षमा कैलाश काम्बाङ

SHARE:

लन्डन १६ जनवरी । पाँचथर समाज सेवा युकेमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको छ । समाजको शनिबार भएको सातौं अधिवेशनले कैलाश काम्बाङको अध्यक्षतामा २५ सदस्यीय सातौं कार्यसमिति चयन गरेको हो ।

कोरोनाको ओमिक्रोन भेरियन्टले गर्दा लामो समय स्थगित हुँदै आएको अधिवेशन शनिबार गरिएको हो । नयाँ कार्यसमिति वरिष्ठ उपाध्यक्षमा शान्ति सेलिङ्ग लिम्बु, उपाध्यक्षहरुमा हाङ्गपाल माक्खिम, चन्द्र बेघा, विमला सिगु लोक्सोम, छवि सेलिङ्ग, महासचिव प्रेम धलाब सुहाङ्ग, सचिवहरुमा बिरेन्द्र काम्बाङ्ग, नरेन्द्र तुम्बापो, होमित योङ्गहाङ्ग, कोषाध्यक्ष मित्रप्रसाद राई, सहकोषाध्यक्षहरुमा बिष्णु सिरेङ्ग र केशब महरा चयन भए ।

यस्तै सदस्यहरुमा हरिबहादुर लावती, मोहन माबो, शकुन नेम्बाङ्ग, सुरेश थम्सुहाङ्ग, चन्द्र लावती, गंगा राई, सुर्य केरुङ्ग, नर माक्खिम, सोनाम शेर्पा, पदम गुरुङ, योगेन्द्र बिक्रम तावा र नन्द सुन्दास छन् ।

यस्तै अधिवेशनले शकुन नेम्बाङ्ग (कल्चर/पब्लिक रिलेसन), नन्द सुन्दास महिला विभाग र नर माक्खिमलाई पिसीए कोअर्डिनेटरको जिम्मेवारी तोकेको छ ।

समाजसेवी एवं वयोवृद्ध ८८ वर्षीय कुबेरसिङ नेम्बाङ्गको प्रमुख आथिथ्यतामा भएको अधिवेशनको पहिलो चरणमा कोषाध्यक्ष कैलाश काम्बाङले आर्थिक प्रतिवेदन, महासचिव प्रेमधालव सुहाङ्ले समाजको छैठौं कार्यकालमा संस्थाबाट भएको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पहिलो चरण धन काम्बाङ्को अध्यक्षतामा सम्पन्न अधिवेशनमा स्वागत मन्तब्य बरिस्ठ उपाध्यक्ष चुडाकर्ण थाम्सुहाङ्ले राखेका थिए । कार्यक्रम महाशचिव प्रेमधलाव सुहाङ्ले सन्चालन गरेका थिए ।

प्रमुख अथितिले नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए । यस्तै अधिवेशनमा सल्लाहकार सुवर्ण नेम्बाङ्ग, सल्लाहकार लिला सेलिङ माबो, वरिष्ठ उपाध्यक्ष शान्ति लिम्बु, उपाध्यक्ष बिमला लिम्बु, निर्वाचन मण्डलका अध्यक्ष चन्द्र सुन्दास, सदस्य दिपक तुम्बापोलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नवनिर्वाचित अध्यक्ष काम्बाङले पनि सबै सदस्यहरुको सल्लाह, सुझाव र सहयोगको आशा राख्दै अगामी कार्ययोजनाहरु सुनाएका थिए ।

कार्यसमिति चयनका लागि चन्द्र सुन्दासको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको थियो । सचिवमा नगेन्द्र नेम्बाङ र सदस्य दिपक तुम्बापो रहेका थिए । निर्वाचन समितिले घोषणा गरेको सातौं कार्यसमिति घोषणा गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!