तमुवानको पहिचान मेट्न खोज्नेहरुविरुद्ध संघर्ष समितिको चेतावनी

SHARE:

पोखरा । तमुवानको पहिचानलाई नामेट गर्न खोज्ने तमु तथाकथित विद्धान्, नेता, लेखक, सामाजिक संजाल प्रयोगकर्ताहरुलाई सच्चिन तमुवान मगरात संघर्ष समितिले आग्रह गरेको छ ।

निहित स्वार्थ पूर्तिका लागि तमुवानको पहिचान मेटाउन खोज्नेहरुलाई तमुहरु नसच्चिए तमुवानको माटो र तमुवान समुदायले दण्डित गर्ने भएकाले संघर्ष समितिको सोमबार सम्पन्न बैठकले सच्चिन आग्रह गरेको हो। कुनै समयमा तमुवान प्राप्तिका लागि नेता, व्याख्यता, अभियन्ता बन्ने अहिले तमुवानको पहिचान मेटाउन षडयन्त्रमुलक ढंगले परिचालित हुनेहरुलाई तमु समुदायको कलंकको रुपमा चित्रित हुने भन्दै समितिले खबरदारी समेत गरेको छ।

यसरी नै तमुवान(मगराँत संघर्ष समितिले संघीयताको मर्म र राज्यको पुनसंरचनाको आधार बमोजिम प्रदेश नं।४ को नामाकरण तमुवान(मगराँत प्रदेश नामांकन गर्न प्रदेश सभा सदस्यहरुलाई आग्रह गरेको छ।

असार १९ र २० गते प्रदेशको नामाकरणबारे प्रदेश नं। ४ को प्रदेश सभाको छलफलबाट तमुवान(मगराँत प्रदेश नामाकरण गर्नका लागि तमुवान(मगराँत संघर्ष समितिको बैठकले पुनःआग्रह गरेको हो। आफ्ना माग सम्बोधन नभए संघर्ष समितिले पहिचान र अधिकारको आन्दोलन जारी राख्ने निर्णय गरेको छ। बैठक संघर्ष समितिका संयोजक कर्म तमुको अध्यक्षतामा सम्पन्न भएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!