बेलायतवासी नेपालीको लगानीमा नेपालमा इ-क्याब व्यवसाय शुरु

SHARE:

काठमाडौं माघ ८ ।

बेलायतवासी नेपाली युवा व्यवसायीहरूले काठमाडौँमा इ-क्याब व्यवसाय शुरु गरेका छन् ।

मोबाइल एप इ-क्याब नेपाल डाउनलोड गरी ट्याक्सी सेवा अर्डर गर्न सकिने उक्त कम्पनीले जनाएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा उक्त सेवाको औपचारिक शुरुवात गरिएको हो । समारोहलाई सम्बोधन गर्दै गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नयाँ कम्पनीले गुणस्तरीय र भरपर्दो सेवा दिन सकोस् भन्दै शुभकामना दिए । उनले पर्यटकहरु मात्रै हैन, नेपालीहरुलाइ पनि भरपर्दो सेवा दिएर मन जित्न सुझाव दिए ।

गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछानेले यो प्रविधिको युग हो भन्दै प्रविधिले परम्परागत व्यवसायलाई विस्थापित गर्दै लगेको बताए। उनले आफ्नो एउटा पनि गाडी न भएको उबर कम्पनीले सन् २०२० मा ५ अर्ब भन्दा बढी ट्रिप गरेको र आफ्नो एउटा पनि पसल नभएको अलिबाबा कम्पनीले १०९ अर्ब डलर व्यापार गरेको तथ्यांक प्रस्तुत गरे । उनले राम्रो गुणस्तरयुक्त सेवा प्रदान गर्दा सफलता निश्चित हुने भन्दै नयाँ कम्पनीलाई गुणस्तरीय सेवा प्रदान गर्न सुझाव दिए।

संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले त्रिभुवन विमानस्थल देखि नै राम्रो सेवा दिएर विदेशी पर्यटकहरुलाई नेपालका बारेमा राम्रो छाप छाड्नु पर्ने बताए। उनले गैर आवासीय नेपाली संघले नेपालीहरुले विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजी नेपालमा लगानी गर्न प्रोत्साहित गर्दै आएको स्मरण गरे । आचार्यले उक्त सेवा नेपाल मात्रै नभएर भविष्यमा संसार भरि फैलन सकोस् भन्ने शुभकामना पनि दिए ।

संघका केन्द्रीय उपाध्यक्ष डा.बद्री केसीले प्रवासमा कार्यरत युवा पुस्ताको त्यहाँ सिकेको ज्ञान र सीप नेपालमा लगानी गर्ने सपना साकार हुँदै गैरहेको बताए। उनले नयाँ कम्पनी देश तथा विदेशमा पनि सफल हुन सकोस् भन्ने शुभ कामना दिए । कम्पनीका अध्यक्ष दीपक श्रेष्ठले प्रवासमा रहे पनि गैर आवासीय नेपालीहरुको मन सधैं मातृभूमिप्रति समर्पित रहेको भन्दै सरकारले एनआरएनहरुका लागि लगानी गर्न सहज वातावरण बनाइ दिनुपर्ने बताए ।

उनले २,००० भन्दा बढी ट्याक्सीहरु आफ्नो कम्पनीसंग आबद्ध रहेको जनाए । उनले शुरुमा बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलबाट सेवा शुरु गर्ने योजना बनाएता पनि विभिन्न कारणले गर्दा राजधानी काठमाडौँबाट सेवा शुरु गरिएको बताए । त्यस्तै नेपाल-ब्रिटेन च्याम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतान, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डा.कपिल रिजाल, नाटाका अध्यक्ष अच्युत गुरागाईं लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सन्तोष मण्डल, वित्तिय निर्देशक रबर्ट विश्वकर्मा, व्यापार निर्देशक सजनी लामाले कम्पनीको विविध पक्षका बारेमा जानकारी दिएका थिए । उक्त कम्पनीको एप प्रयोग गरी डिजिटल क्यू आर प्रणालीबाट ट्याक्सी बूक गर्न सकिने कम्पनीले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!