लोक स्रष्टा शेरचनको ११ औं स्मृति दिवस

SHARE:

आकाश गुरुङ
पोखरा, २५ माघ । लोक स्रष्टा, साधक, शिल्पी कल्याण शेरचनको ११ औं स्मृति दिवस एवम कल्याण शेरचन स्मृति प्रतिष्ठानको १० औं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ ।

पोखरा १४ चाउथे बिपी मार्गस्थित ह्योल्मो समाज भवनमा प्रतिष्ठानको संरक्षक नरबहादुर शेरचनको प्रमुख आतिथ्यतामा सोमवार स्वर्गीय शेरचनको स्मृति दिवस एवम वार्षिक साधारणसभा सम्पन्न भएको हो । कोरोना महामारी ओमिक्रोनले प्रभावित पारेको अवस्थामा आवाश्यक स्वास्थ सुरक्षाको प्रवन्धसहित आयोजित साधारणसभामा प्रतिष्ठानका सचिव जिवन दाहालले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रदिप गौचनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि नरबहादुर शेरचन र प्रतिष्ठानका सल्लाहकार एवम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले शुभकामना मन्तव्य, उपाध्यक्ष श्रीजंग गुरुङ स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिष्ठानको अध्यक्ष क्या.पुर्णबहादुर ह्योल्मोले लोक स्रष्टा, साधक, शिल्पी कल्याण शेरचनको स्मृति दिवसमा विगतमा राष्ट्रिय मादल, सारङ्गी, एकल नृत्य, खेलकुद, साहित्यीक लगायतका कार्यक्रम गरी स्वर्गीय स्रष्टाको स्मरण गर्ने गरेकोका आगामी दिनमा उहाँकै बिधा राष्ट्रिय लोकदोहोरी प्रतियोगिता गर्ने जानकारी दिनुभयो।यसरी नै स्रष्टाको सम्मानका लागि शालिक निर्माण गर्ने योजना पनि रहेको अध्यक्ष ह्योल्मोले बताउनुभयो।

प्रतिष्ठानको अध्यक्ष क्या.ह्योल्मोको अध्यक्षता र सचिव जीवन दाहालले संचालन गरेको कार्यक्रममा लोक स्रष्टा, साधक, शिल्पी कल्याण शेरचनलाई स्मरण गर्दै कार्यक्रममा सहभागीहरुले दिप प्रज्वलन र फोटोमा पुष्र्पापण गर्दै स्वर्गीय शेरचनलाई स्मरण गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!