भरत क्षेत्रीद्वारा राजनीतिक विश्लेषक डा. केसीलाई एक लाख रुपैंयाको पुरस्कार प्रदान

SHARE:

लण्डन माघ २७ ।

संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले नेपालका राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीलाई एक लाख रुपैंयाको पुरस्कार प्रदान गरेको छ ।

संगठनका अध्यक्ष भरत क्षेत्रीले गत आइतबार काठमाडौंस्थित होटेल एल्लो पगोडामा आयोजित एक समारोहबीच डा. केसीलाई उक्त राशीको ‘पृथ्वी पुरस्कार’ प्रदान गरेका हुन् । नेपाल प्रज्ञा– प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङद्वारा केसीलाई पुरस्कार प्रदान गरिएको क्षेत्रीले जानकारी दिए ।

इतिहासले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको योगदान कहिल्यै बिर्सन नसक्ने उल्लेख गर्दै क्षेत्रीले राजनीतिक विश्लेषक डा। केसीको अनवरत राष्ट्रप्रेम, शाहप्रति श्रद्धासम्मान र देशको योगदानका लागि पुरस्कार दिन पाउंदा गर्व लागेको बताए । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले गत ११ जनवरीमा लन्डनमा ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा केसीलाई पृथ्वी पुरस्कार दिने घोषणा गरेको थियो ।

राजनीतिमा आवद्ध नरहेको, राष्ट्रियताका सवाल र पृथ्वी नारायण शाहबारे वकालत गर्दै आएका एक जना स्वतन्त्र बुद्धिजिवीलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा बमोजिम डा. केसीले पहिलो पुरस्कार पाएका हुन् । संगठनका अध्यक्ष भरत क्षेत्रीले बेलायतमा सन् २००७ देखि एक्लैले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम गर्दै आएका छन् ।

यो पुरस्कार राशी पनि उनी आफैंले प्रवन्ध गरेका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!