चार देशीय शृङ्खलामा नेपाल यूएईसँग पराजित

SHARE:

काठमाडौं माघ २९ ।

चार देशीय शृङ्खलाको दोस्रो खेलमा नेपाल संयुक्त अरब एमिरेट्स यूएईसँग २५ रनले पराजित भएको छ ।

यूएईले दिएकोे १ सय ९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा मात्र १६७ रन मात्रै बनायो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१ रन तथा आसिफ शेखले २४ रनको योगदान दिए । यूएईका रोहन मुस्तफा र कासिफ दाउदले दुई–दुई तथा जुनैद सिद्धिकीले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९२ रन बनाएको थियो । यूएईका लागि चिराज सुरीले ५ चौका र ५ छक्का सहित सर्वाधिक ८४ रन बनाए । नेपालका लागि शहाब आलम, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले १–१ विकेट लिए ।शृङ्खलाको पहिलो खेलमा नेपालले शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाल, ओमान, यूएई र आयरल्यान्ड चारदेशीय शृङ्खलामा सहभागी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!