बेलायतमा तीन दशक यताकै शक्तिशाली आँधी, जनजीवन प्रभावित

SHARE:

लण्डन फागुन ६ ।

बेलायतमा तीस वर्षयताकै सबैभन्दा शक्तिशाली ठानिएको आँधीका कारण जनजीवन प्रभावित बनेको छ ।

९० देखि १ सय माइल प्रतिघण्टाको दरमा आएको ‘इयुनिस’ आँधीलाई लक्षित गरी सरकारले देशका विभिन्न भागमा उच्च सतर्कताको लागि अपिलसहित ‘रेड अलर्ट’ जारी गरेको छ । बीबीसीका अनुसार लन्डनका साथै पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्डका कयौं क्षेत्र र वेल्समा ‘रेड अलर्ट’ जारी गरिएको छ । सरकारले अति आवश्यक परेको खण्डमाबाहेक घरबाहिर ननिस्किन र अनावश्यक यात्राहरुलाई कटौती गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।

‘इयुनिस’ आँधी बेलायतमा पछिल्लो तीस वर्षमा आएको सबैभन्दा शक्तिशाली ठानिएको छ । आँधीका कारण देशभरमा थुप्रै उडान, ट्रेन रद्ध भएका छन् भने सयौं स्कुल बन्द भएका छन् । तीव्र गतिमा बहेको हावाका कारण कतिपय स्थानमा रुख र बिजुलीका खम्बाहरु ढलेका, सडकमा गाडी पल्टिएका लगायतका तस्विरहरु अहिले विभिन्न मिडियामा प्रकाशित भएका छन् ।

आँधीकै कारण बेलायतका कयौं स्थानमा अहिले बिजुली समेत अवरुद्ध भएको जनाइएको छ । साउथ वेष्ट इङल्यान्डको उत्तरी सामुद्रिक भाग र साउथ वेल्समा पनि बेग्लै रेड वार्निङ दिइएको छ । उता स्कटल्यान्डमा हिमपातले १५० वटा विधालय बन्द गरिएका छन् ।

बेलायत सरकारको आपतकालिन बैठक बस्ने तयारी छ भने सेनालाई तयारी अवस्थामा राखिएको मन्त्रीहरुले जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!