नेपाली कलाकारलाई प्रोत्साहन गर्ने, नेपाल र नेपाली डायस्पोरालाई जोडिराख्ने हाम्रो उद्देश्यले स्थापित संस्था हो, ई–मिडिया हब युके । संस्थापक अध्यक्ष ईश्वर चाम्लिङ राईका अनुसार संस्थामार्फत बेलायती समाजलाई मनोरञ्जन तथा मिडिया विशेष सेवा प्रदान गरिन्छ । छोटो समयमा चर्चाको शिखरमा रहेको ई–मिडिया हक युकेका संस्थापक अध्यक्ष चाम्लिङसँग एभरेष्ट टाइम्सका लागि जानु काम्बाङले गरेको कुराकानीको सम्पादित अंश :
ई–मिडिया हब कस्तो खालको संस्था हो ?
ई–मिडिया हब ९भ्खभचभकत भ्लतभचतबष्लmभलत बलम ःभमष्ब ज्गद ीतम। च्भनष्कतचबतष्यल ल्य ज्ञण्छण्डढण्घ० बेलायतमा वैधानिक रुपले दर्ता भएको व्यावसायिक संस्था हो । यस संस्थाले समाजलाई मनोरञ्जन तथा मिडिया विशेष सेवा प्रदान गर्दै आएको छ । बेलायतमा कलाको माध्यमले नेपालीत्वको संवद्र्धन गर्दै नेपाली कलाकारहरुलाई प्रोत्साहन गर्ने साथै नेपाल र नेपाली डायस्पोरालाई जोडिराख्ने हाम्रो उद्देश्य हो ।
ई–मिडिया हबले अहिले के गरिरहेको काम र भावी योजनाहरु के के छन् ?
उद्देश्यअनुरुप हामीले वार्षिक कार्यक्रमहरु तय गर्छौं । वर्षलाई हामीले विभिन्न सिजनहरुमा बिभाजित गरेका छौ । कति सिजनहरु हामीले सफलतापूर्वक प्रस्तुत गरिसकेका छौं र कति कार्यक्रमहरु पाइपलाइनमा छन् । एभरेष्ट म्युजिकल ब्लास्ट, एभरेष्ट आइडल आदि बहुचर्चित तथा सफल सिजनहरु हुन् । एभरेष्ट म्युजिकल ब्लास्ट त दोस्रो सिजनको सफलतापछि तेस्रो सिजनको तयारी हुँदैछ । त्यस्तै, एभरेष्ट आइडल पनि दोस्रो सिजनको तयारीमा छ । पाइपलाइनमा भएका अन्य केही कार्यक्रमहरु एभरेष्ट अवार्ड, हामी नेपाली साँझ यस्तै यस्तै छन् ।
गएको एभरेष्ट आईडलको यात्रा कस्तो रह्यो ? कस्तो प्रतिक्रिया पाइरहनु भएको छ दर्शक स्रोतबाट ?
एभरेष्ट आइडलले एउटा इतिहास रचेको छ । पहिलो यात्रा केही कठिन त निश्चित थियो नै तर ज्यादै उत्साहजनक पनि थियो । हामीलाई साह्रै खुसी लागेको छ । नेपाली डायस्पोरामा आयोजित कार्यक्रमलाई सबैले विशेष भनेका छन् र प्रोत्साहित गरेका छन् । यसलाई विशेष बनाइरहने हाम्रो प्रयत्न रहने छ । बिजेताहरुलाई सबैको माया मिलेको छ । बेलायतमा हुने कार्यक्रमहरुमा ब्यस्त छन् ।
हामीले बेलायतवासी गीतकार तथा संगीतकारहरुको विशेष प्रायोजनमा एभरेस्ट आइडल सिजन १ एल्बम पनि गरिदिएका छांै । प्रसंगबस प्रायोजकहरु गीतकार निलम आङबुहाङ राई, जानु काङबाङ लिङ्देन, संगीतकार बीसी राई, रेवत राई, देबेश राई र सेवा रेकर्डिङ स्टुडियोप्रति हामी आभारी छौं । धेरै राम्रो गाउनु भएको छ, चाँडै विमोचन गर्ने योजना छ ।
यो संस्था खोल्ने सोच कसरी आयो तपाईहरुलाई ?
ई–मिडिया हबलाई हामीले सिर्जनशील परिवार पनि भन्ने गरेका छौं । ई–मिडिया हबका सप्पै सदस्यहरु सिर्जनशील हुनुहुन्छ । विगतमा गरिने सिर्जनशील कार्यक्रमहरुलाई बुलन्द बनाएर लैजाऊ भन्ने सोचले नै यो संस्था स्थापना भएको हो । सबैको साथ पाएका छौं हामीलाई धेरै खुसी लागेको छ ।
संस्थाको अहिलेसम्मको परिणाम कस्तो छ ?
गएको साल संस्थाले सोचे जति गर्न नसेके पनि जे गरियो सबै उत्कृष्ट ढंगले गरिएकोमा हामीलाई गर्व लाग्छ । केही राम्रा कार्यक्रमहरु यसपालि गर्ने योजना छ ।
नेपालबाट कलाकार ल्याउन कत्तिको संघर्ष गर्नुपर्छ ?
नेपालबाट कलाकार ल्याउन त्यस्तो संघर्ष नै त गर्नु पर्दैन । तर, कहिलेकाही कलाकारहरुको भिसा नलाग्दा भने निकै खल्लो हुन्छ ।
बेलायतमा यस्तो संस्था चलाउन कत्तिको सजिलो छ ?
निश्चित उद्देश्यमा संस्था चलाउन सजिलो, गाह्रो भन्दा पनि रमाइलो नै लागिरहेको छ । बेलायतमा धेरै छन् यस्ता संस्थाहरु । दर्ता नभएका संस्थाहरु पनि धेरै छन् । कति असल, कति कमसल छन् । आदरणीय दर्शक तथा पाठक महानुभावहरुमा असल, कमसल छुट्याउनु हुन अनुरोध छ ।
आउने सन्ततिले यस्ता कामलाई निरन्तरता देलान् त ?
डायस्पोरामा नेपाली समाज अहिले संक्रमणकालमा गुज्रिरहेको छ । भोलिको नेपाली समाजकै लागि हो आज हामीले गरेका यी सबै कुराहरु । डायस्पोराको सिद्धान्तअनुसार बिलिन हुने वा अस्तित्व बचाएर राख्ने हुन्छ । बेलायतमा भोलिको नेपाली समाजले नेपाली अस्तित्व जोगाएर राख्ने कुरामा म बिश्वस्त छु । तर, हामी सबैले आजैदेखि केही गर्नु पर्छ । चुपचाप बस्नु हुन्न ।
आजभोलि नेपाली गीत, संगीतको यात्रामा बेलायत निक्कै अगाडि देखिन्छ यसको कारण के होला ?
नेपालीहरुको जनसंख्या वृद्धि, जीवनस्तर वृद्धि र सचेतना होला । पहिला पहिला वर्षमा एकचोटि पनि कार्यक्रम मुस्किलले हुन्थ्यो । आजभोलि छानेर कार्यक्रमहरुमा जान पाइन्छ । यो सामाजिक तथा सांस्कृतिक विकास हो ।
उहिलेको साहित्य, अहिलेको साहित्य लेखनमा के फरक पाउनुहुन्छ ?
समाजको ऐना हो, साहित्य । साहित्यले तिनै गुज्रेका पलहरुलाई, कथा र पात्रहरुलाई कलात्मक ढंगले अभिलेखीकरण गरेको हुन्छ । थोरै परिर्वतन महसुस गरेको छु ।
ई–मिडिया हबले गर्न लागेको पहिलो एल्बममा कतिवटा गीत र क–कसको स्वर, संगीत रहने छ ?
एभेस्ट आइडल विजेता सोनाहाङ राई, उपविजेताहरु निमान तामाङ तथा दीपप्रकाश राईलाई एभेस्ट आइडल सिजन–१ नामक एल्बम पनि गरिदिएका छांै । गीतकार निलम आङबुहाङ राई, जानु काङबाङ लिङ्देन, ईश्वर चाम्लिङ र नवराज राईको चारवटा गीतहरुमा संगीतकार बीसी राई, सुमन राई र रेवत राईको संगीत रहेको छ ।






