पीएनजीलाई हराउँदै नेपाल त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश

SHARE:

काठमाडौं चैत १७ ।

नेपाली राष्ट्रिय क्रिकेट टोली त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार काठमाडौंको कीर्तिपुर स्थित त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदामा भएको खेलमा नेपालले पपुवान्युगिनी पीएनजीलाई ३७ रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो । करण केसीले ह्याट्रिकसहित ५ विकेट लिएको खेलमा नेपाल पीएनजीलाई हराउँदै नेपाल एक खेल अगाबै फाइनल पुगेको हो ।यससँगै नेपालले आफ्नो ५० औं टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा सुखद नतिजा समेत निकालेको छ ।

टी–ट्वान्टी अन्तराष्ट्रिय मान्यता पाएको आठ वर्षपछि नेपालले ५० औं टी–ट्वान्टी अन्तराष्ट्रिय खेलेको हो । नेपालले सन् २०१४ मा टी–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ६६ रन मात्र बनाउन सक्यो ।

त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो । त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ ।

पीएनजीले ३ खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा रहेको छ । मलेसिया २ खेलमा २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!