तमु समाज यूकेका संस्थापक अध्यक्ष गुरुङलाई पुत्रशोक

SHARE:

लन्डन १५ अप्रिल २०२२ । तमु समाज यूकेका संस्थापक अध्यक्ष, सल्लाहकार एवं गोर्खा मिडियाका सल्लाहकार चित्रबहादुर गुरुङलाई पुत्रशोक परेको छ ।

संस्थापक अध्यक्ष गुरुङका एकमात्र छोरा ४४ वर्षीय दमन गुरुङको यही अप्रिल १३ तारिखका दिन निधन भएको हो । लन्डन भिक्टोरियास्थित King’s Collage London Branch मा कार्यालय गएका दमनको कार्यालयको (Brake time) आराम गर्ने समयमा (Rest room) आराम कोठामा निधन भएको Para Medic द्वारा निश्चित गरेको प्रहरीले परिवारलाई जानकारी दिएको छ ।
पोस्टमार्टम नभई के कारणले निधन भएको हो भन्ने एकीन गर्न नसकिने तमु समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङले जानकारी दिए । मृतक दमन गुरुङ तमु समाज यूकेका आजीवन सदस्य थिए । समाजमा दमन नम्र, मिजासिलो स्वभावका र हरेक कार्यक्रमहरुमा सहयोग गर्ने समझदार युवा थिए । पुर्ख्यौली गण्डकी प्रदेश स्याङ्जा जिल्ला आँधीखोला गाउँपालिका वार्ड नं १ पन्चमुल सिरुबारी कुर्ले घर भई दमन हाल परिवारसहित हेरो लन्डन यूके बस्दै आएका थिए । उनका परिवारमा आमा जयन्तीदेवी गुरुङ (तमु समाज यूकेका आमा समुहाका सल्लाहकार), बुबा चित्रबहादुर गुरुङ (संस्थापक अध्यक्ष), श्रीमती (आजीवन सदस्य) र छोराछोरी छन् ।

यसैबीच, तमु समाज यूकेले आजीवन सदस्य दमन गुरुङको आल्पायुमै भएको निधनको खबरप्रति दु:ख व्यक्त गरेको छ । ‘तमु समाज यूकेको आजीवन सदस्य श्री दमन गुरुङ को ४४ वर्षको अल्पायुमा १३ अप्रिल २०२२ का दिन असामयिक निधन भएको अत्यन्तै दुखद् खबरले तमु समाज यूके परिवार स्तब्ध र अत्यन्तै मर्माहत भएका छौं,’ अध्यक्ष शिवकुमार गुरुङले शुक्रबार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘स्व: श्री दमन गुरुङको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।’

साथै दुखद् घडीमा पति वियोगमा परेकी आजीवन सदस्य दमनकी श्रीमती, पुत्र शोकमा परेका तमु समाज यूकेका संस्थापक अध्यक्ष/सल्लाहकार चित्रबहादुर गुरुङ, श्रीमती जयन्तीदेवी गुरुङ, दुई नाबालक नानी, बाबु र परिवारका आफन्तजनहरुप्रति पनि अध्यक्ष गुरुङले गहिरो समवेदना व्यक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!