एनआरएनएले दियो खेलकुद पत्रकार मञ्चलाई स्वास्थ्य सामग्री

SHARE:

पोखरा १७ अप्रिल २०२२ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले खेलकुद पत्रकार मञ्च गण्डकी लगायत पोखरास्थित खेलकुद संघसंस्थालाई स्वास्थ्य सामग्री (मास्क) वितरण गरेको छ । पोखरा रंगशालामा शनिबार बिहान एक कार्यक्रमबीच स्वास्थ्य सामग्री वितरण गरेको हो।

एनआरएनए हङकङको सहयोगमा खेलकुद पत्रकार मञ्च, गण्डकीलाई ३ हजार पिस, अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीलाई १५ हजार पिस, पश्चिमाञ्चल भलिबल संघलाई ३ हजार, बगर भाइखलकलाई ६ हजार पिस र भूतपूर्व खेलाडी संघ, पोखरालाई ५ हजार पिस मास्क वितरण गरेको हो।
एनआरएनए अध्यक्ष रबिना थापा, महिला सचिव राधिका गुरुङ (टिका) र सहकोषाध्यक्ष अमृता थापाले खेलकुद संघसंस्थाका पदाधिकारी तथा सदस्यहरुलाई मास्क प्रदान गरेकी हुन्।

एनआरएनए हङकङकी निवर्तमान अध्यष राधिका (टिका) गुरुङले कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)ले असहज परिस्थितिमा नेपालीहरुलाई सहयोग गर्दै आएको बताइन्। कोभिडको संक्रमणकालमा नेपाल विदामा बसेका नेपालीलाई विमान चार्टर गरेर भएपनि हङकङ पठाउन सफल भएको गुरुङको भनाई थियो। एनआरएनएकै प्रयासमा नेपालका ४५ भन्दा बढी जिल्लाका अस्पतालहरुमा १३० वटा अक्सिजन कन्सन्ट्रेटर मेशिन सहयोग गरेको उल्लेख गरिन्। त्यस्तै, १७ लाख १९ हजार मास्क वितरण गरेको गुरुङको भनाई थियो।

एनआरएनए अध्यक्ष रबिना थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!