मगर संघ युकेको छैटौं कार्यसमितिद्वारा नवनिर्वाचित कार्यसमितिलाई कार्यभार हस्तान्तरण

SHARE:

लण्डन । मगर संघ युकेको छैटौं कार्यसमितिले नवनिर्वाचित सातौँ कार्यसमितिलाई शनिबार कार्यभार हस्तान्तरण गरेको छ ।

शनिबार दिन मगर भवनमा आयोजित सो कार्यक्रममा छैटौं कार्य समितिका अध्यक्ष सुनिल रानाले सातौं कार्यसमितिका नवनिर्वाचित अध्यक्ष सीता पुनमगरलाई औपचारिकरुपमा कार्यभार हस्तान्तरण गर्नुभयो।
कोरोनाको विषम परिस्थितिमा पनि भर्चुअल माध्यमबाट विभिन्न काम सुचारु रुपले गर्दै कार्यक्रमहरु पनि समापन भएको थियो।

गत हप्ता ९ अप्रिलमा मगर संघ युकेको सातौँ महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको थियो ।
कार्यभार हस्तान्तरणको शुरुमा मगर भवनको हिसाबकिताब सहकोषाध्यक्ष थाम रोका र अन्य संघको सबै आर्थिक हिसाबकिताब कोषाध्यक्ष होम रोका, एडमिन सेक्रेटरीलगायत बुझाएका थिए।
अध्यक्ष सुनिल राना छैटौँ महाधिवेसनमा निर्वाचनअघि आफूले गरेको १६ बुँदे घोषणापत्रअनुसार पुस्तकालय बनाउने कामबाहेक सबै काम बुँदागत पूरा भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा सहयोग गर्नु भई कार्यकाल सफल पारिदिनु हुने कार्यसमितिका पदाधिकारी सदस्यहरुलगायत सम्पूर्ण शाखाका अध्यक्ष र मगर दाजुभाइ दिदिबहिनीहरुलाई धन्यवाद र आभार प्रकट गर्दै निकै भावुक भएका थिए।

उनले जसरी आफ्नो कार्यकालमा साथ र सहयोग गर्नु भयो यसरी नै सातौं नयाँ कार्यसमितिलाई पनि सहयोग गर्न विनम्र अनुरोध गरेका थिए।
यस्को साथै सस्थामा काम गर्दा निस्वार्थ, समाबेशी, आर्थिक तथा संघको काम पारदर्शी भएमा आफूलाई सन्तोष मिल्ने कुरा जनाउँदै अपवाद नआउनकै लागि पूर्व अध्यक्षहरु ट्रस्टीहरुको उपस्थितिमा सबै हरहिसाब, कागजात, विधान, च्यारिटी कमिशनको संघको सबै फाइल नवनिर्वाचित अध्यक्ष सीता पुर्जा पुन लगायत सबै सातौं कार्यसमितिलाई औपचारिक रुपमा हस्तान्तरण गरेका थिए।
आगामी मे महिनाको २८ तारिख शनिबारको दिन हुन गइरहेको नेपाली ओपन कन्सर्टलाई भव्य र सभ्य तरिकाले सफल पारिदिनु हुन सबै नेपालीहरुलाई आह्वान गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!