बेजिङस्टोकमा पीपल नेपाल रन २०२२ सम्पन्न

SHARE:

लन्डन १७ अप्रिल २०२२ । पीपल मोर्गेज मुख्य प्रायोजक र सहप्रायोजक एइएसएन रहेको ‘५ के र २ के पीपल नेपाल रन २०२२’ आइतबार १७ अप्रिलका दिन सम्पन्न भएको छ ।

नेपाल रन अर्गले दि वार मेमोरियल पार्क बेजिङस्टोकमा आयोजना गरेको दौड लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले उद्घाटन गरेकी थिइन् । दौडमा एक सय ७० जना सहभागी भएका दौड संयोजक एनआरएनए यूके निवर्तमान अध्यक्ष पुनम गुरुङले जानकारी दिइन् । वयस्कहरुको ५ के रन बिहान १० बजे र अण्डर १३ को २ के रन बिहान ११ बजे सुरु भएको थियो ।

उपनियोग प्रमुख खनालले स्वास्थ्य सचेतना र नेपाली समुदायबीच भ्रातृत्व तथा एकताका लागि यस्ता गतिविधि महत्वपूर्ण हुने बताइन् । रनलाई पोखरेली मञ्च यूके र बेजिङस्टोक नेपलिज कम्युनिटीले सहयोग गरेका थिए ।

नेपाली नयाँ वर्ष मनाउने क्रममा दौड आयोजना गरिएको जनाउँदै संयोजक गुरुङले यसबाट बेलायत र नेपाली समुदायबीच ‘इन्ट्रीगेसन’ एवं स्वास्थ्य सचेतनाको लक्ष्य लिइएको बताइन् । रनबाट संकलित रकम च्यारिटी संस्था डोम क्याफे, पोखरा म्याराथन र धरान रनलाई प्रदान गरिने पनि उनले जनाइन् । दौड उद्घाटनअघि नेपाल रनका रनर स्वर्गीय दमन गुरुङको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । गुरुङको गत १३ अप्रिलमा अल्पायुमै निधन भएको थियो ।

दौड कार्यक्रममा हौसला प्रदान गर्न नेपालबाट आएकी गायिका एलिना गुरुङ, कन्जरभेटिभ पार्टीको बेजिङस्टोक अध्यक्ष इफी ग्रान्टलगायत नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी थिए । दौडमा

दौडलाई सफल बनाउन पीपल मोर्गेजका प्रबन्ध निर्देशक सूर्य गुरुङ, नेपाल रनका अध्यक्ष सन्तोष राई, पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङ, पूर्वअध्यक्ष मानप्रसाद गुरुङ, उलवीच राइडर क्लब आदिले सहयोग गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!